काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
अस्वस्थ भएर काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत खत्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै महामन्त्री सिंहले एक वक्तव्य प्रकाशित गरी स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
‘राष्टिय जनमोर्चा लुम्बनी प्रदेशका अध्यक्ष कामरेड बोमबहादुर खत्री निमोनिया, अक्सिजनको कमी तथा ज्वरोबाट बिरामी भई काठमाडौ“को ह्याम्स हस्पीटलमा उपचाररत भइरहनुभएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’ महामन्त्री सिंहले भन्नुभएको छ ।
यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । केसीले वक्तव्य प्रकाशित गरी भन्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष कामरेड बोमबहादुर खत्री निमोनिया, अक्सिजनको कमी तथा ज्वरोबाट बिरामी भई काठमाडौंको ह्याम्स हस्पीटलमा उपचाररत हुनुहुन्छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
प्युठान जिल्ला विकास समितिका पूर्व सभापति खत्री स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ह्याम्स अस्पतालमा भर्ना हुनुभएको हो । प्राप्त जानकारी अनुसार उहाँको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।
यो पनिः राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पताल भर्ना