महामन्त्री सिंहद्वारा बाबुराम भट्टराईको सीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतमा उपचाररत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार विज्ञप्ति प्रकाशित गरी भट्टराईको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराई मंगलबार नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना हुनुभएको छ । महामन्त्री सिंहले भन्नुभएको छ, ‘जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ हस्पिटलमा स्वास्थ्य उपचार गराई रहनुभएको छ । हामीले उहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

सम्बन्धित सामग्री

राजमो नेता खत्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत खत्रीको बुधबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । प्युठान जिल्ला विकास समितिका पूर्व सभापति खत्री स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । सुगर, प्रेसर जस्ता समस्याबाट लामो समयदेखि पीडित रहनुभएका खत्रीलाई निमोनिया देखिएको छ भने ज्वरो र स्वासप्रस्वासमा समस्या भएको छ । उहाँको शरीरमा अक्सिजनको मात्रा पनि घटबढ भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । विभिन्न समस्याबाट पीडित नेता खत्रीलाई कोरोना संक्रमणसमेत देखिएपछि उपचार लम्बिने अवस्था देखिएको छ । उहाँको अवस्था अनुसार अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र उपचार खर्च पनि केही महंगो हुने देखिएको राजमो नेता आनन्द शर्माले बताउनुभयो । मंगलबार अस्पताल भर्ना हुनुभएका नेता खत्रीको स्वास्थय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर सीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । यो पनिः  महामन्त्री सिंह र राजमो अध्यक्ष केसीद्वारा खत्रीको स्वास्थ्य लाभको कामना राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पताल भर्ना

महामन्त्री सिंह र राजमो अध्यक्ष केसीद्वारा खत्रीको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अस्वस्थ भएर काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत खत्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै महामन्त्री सिंहले एक वक्तव्य प्रकाशित गरी स्वास्थ्यलाभको कामना गर्नुभएको हो । ‘राष्टिय जनमोर्चा लुम्बनी प्रदेशका अध्यक्ष कामरेड बोमबहादुर खत्री निमोनिया, अक्सिजनको कमी तथा ज्वरोबाट बिरामी भई काठमाडौ“को ह्याम्स हस्पीटलमा उपचाररत भइरहनुभएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’ महामन्त्री सिंहले भन्नुभएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । केसीले वक्तव्य प्रकाशित गरी भन्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष कामरेड बोमबहादुर खत्री निमोनिया, अक्सिजनको कमी तथा ज्वरोबाट बिरामी भई काठमाडौंको ह्याम्स हस्पीटलमा उपचाररत हुनुहुन्छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ प्युठान जिल्ला विकास समितिका पूर्व सभापति खत्री स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ह्याम्स अस्पतालमा भर्ना हुनुभएको हो । प्राप्त जानकारी अनुसार उहाँको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । यो पनिः राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पताल भर्ना

महामन्त्री सिंह र प्रचण्डबीच भेटवार्ता, सीताको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर महामन्त्री सिंहले बिरामी भएर उपचाररत सीताको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई बुधबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेट्न सिंह सोही अस्पताल पुगेपनि डिस्चार्ज भइसकेका कारण उहाँको निवासमै पुगेर भेट गर्नुभएको हो । त्यस क्रममा महामन्त्री सिंह र नेकपाका अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा कुराकानी भएको छ । त्यस क्रममा सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । ‘प्रतिनिधिसभा विघटन गलत हो र यसको पुनस्र्थापना हुनुपर्छ’ सिंहले भन्नुभयो, ‘यो विषयमा समान धारणा भएका दलहरुले सयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनर्स्थापना गर्न जोड दिनुपर्छ । सिंहले संयुक्त आन्दोलन सम्भव नभएपनि एक अर्को पक्षको आन्दोलनलाई समर्थन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । महामन्त्री सिंहले संसद विघटनविरुद्ध अन्य दल एकमत भएपनि नेपाली कांग्रेसले निर्णय गर्न नसकेको बताउनुभयो । खासगरी कांग्रेसको देउवा पक्ष दोधारमा रहेको उहाँको भनाई थियो । ‘यो विषयमा कांग्रेसको धारणा के हो, उसले स्पष्ट गर्नुपर्छ’ सिंहले भन्नुभयो, यदी कांग्रेस पनि संसद पुनर्थापनाको पक्षमा आउँछ भने हाम्रो समर्थन रहन्छ ।’ सीता दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी) बाट पीडित हुनुहुन्छ । दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो ।

निधिलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेता विमलेन्द्र निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बुधबार बिहान अस्पताल गएका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। आजै महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्। कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल…