अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री पुनलाई आज भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गरेका हुन्। लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइरहेका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

मेडिसिटी पुगेर प्रचण्डले गरे कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना

४ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् […]

महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् । लोसपा नेता सुरेन्द्रकुमार झाका अनुसार बुधबार राति अस्पताल पुगेर गृहमन्त्री खाँणले स्वास्थ्य अवस्था बुझेका हुन् । अस्पताल पुगेर गृहमन्त्रीले स्वास्थ्य लाभको कामना गरेको झाको भनाइ छ । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुरजीको स्वास्थ्य अवस्था बुझ्न […]

ओलीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

ललितपुर, (नेस) । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पूर्वमन्त्री एवं एमाले नेता सांसद कृष्णगोपाल श्रेष्ठले शनिबार बिहान किस्ट अस्पतालमा संस्कृतिविद् जोशीलाई भेटेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना सुनाउनुभएको हो । अस्पतालमा सांसद श्रेष्ठले भन्नुभयो– ‘राष्ट्रपति र पूर्व प्रधानमन्त्री एवं […]

ओलीले गरे सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

२८ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । ओलीले एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्फत सन्देश पठाउँदै जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् । ओलीको सन्देश लिएर पूर्वमन्त्री श्रेष्ठ आज बिहान जोशीलाई भेट्न किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा श्रेष्ठले […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  भेट्न आज बिहानै खुमलटार पुगेका छन्। चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास पुगेका हुन्।  त्यस क्रममा अध्यक्ष प्रचण्डले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना साथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए।

प्रचण्डले झलनाथ खनाललाई भेटेर भने– चाँडै ठीक हुनुहोस्

काठमाडौँ– नेकपा माओवादी केन्द्र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको खनालको सचिवालयले जनाएको छ । आजको भेटमा स्वास्थ्यकै विषयमा कुराकानी भएपनि राजनीतिक विषयमा छलफल नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए […]

राजमो नेता खत्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत खत्रीको बुधबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको हो । प्युठान जिल्ला विकास समितिका पूर्व सभापति खत्री स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । सुगर, प्रेसर जस्ता समस्याबाट लामो समयदेखि पीडित रहनुभएका खत्रीलाई निमोनिया देखिएको छ भने ज्वरो र स्वासप्रस्वासमा समस्या भएको छ । उहाँको शरीरमा अक्सिजनको मात्रा पनि घटबढ भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । विभिन्न समस्याबाट पीडित नेता खत्रीलाई कोरोना संक्रमणसमेत देखिएपछि उपचार लम्बिने अवस्था देखिएको छ । उहाँको अवस्था अनुसार अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र उपचार खर्च पनि केही महंगो हुने देखिएको राजमो नेता आनन्द शर्माले बताउनुभयो । मंगलबार अस्पताल भर्ना हुनुभएका नेता खत्रीको स्वास्थय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर सीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । यो पनिः  महामन्त्री सिंह र राजमो अध्यक्ष केसीद्वारा खत्रीको स्वास्थ्य लाभको कामना राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पताल भर्ना

महामन्त्री सिंह र राजमो अध्यक्ष केसीद्वारा खत्रीको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अस्वस्थ भएर काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत खत्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै महामन्त्री सिंहले एक वक्तव्य प्रकाशित गरी स्वास्थ्यलाभको कामना गर्नुभएको हो । ‘राष्टिय जनमोर्चा लुम्बनी प्रदेशका अध्यक्ष कामरेड बोमबहादुर खत्री निमोनिया, अक्सिजनको कमी तथा ज्वरोबाट बिरामी भई काठमाडौ“को ह्याम्स हस्पीटलमा उपचाररत भइरहनुभएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’ महामन्त्री सिंहले भन्नुभएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । केसीले वक्तव्य प्रकाशित गरी भन्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष कामरेड बोमबहादुर खत्री निमोनिया, अक्सिजनको कमी तथा ज्वरोबाट बिरामी भई काठमाडौंको ह्याम्स हस्पीटलमा उपचाररत हुनुहुन्छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ प्युठान जिल्ला विकास समितिका पूर्व सभापति खत्री स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ह्याम्स अस्पतालमा भर्ना हुनुभएको हो । प्राप्त जानकारी अनुसार उहाँको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । यो पनिः राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पताल भर्ना

प्रचण्डलाई प्रधानमन्त्रीको फोन - ‘सीता जीलाई कस्तो छ, ख्याल गर्नुहोला’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।अस्वस्थ भएपछि सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उहाँको ख्याल गर्न आग्रह गर्नुभएको नेता सुभासचन्द्र नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव ...