उपराष्ट्रपतिबाट सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

उपराष्ट्रपति पुनले अस्पतालमा भेटे सत्यमोहन जोशी

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् । शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता […]