नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिइन् । ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उनले जानकारी दिइन् । उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि प्रवक्ता मिश्रले जानकारी दिइन् । यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक