काठमाडौं,२५ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानी-छानी आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले यसरीनै निरन्तर आफ्ना पार्टीका नेतालाई आक्रमण हुने श्रृंखला नरोकिए भोलिबाट सदन चल्न नदिने […]