काठमाडौँ : विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको वक्यौता असुल्न खुट्टा कमाउन नहुने सांसदहरुले बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलवार बसेको बैठकमा अधिकांश सांसदले उद्योगीहरुसँग विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको वक्यौता रकम उठाउनु आवश्यक रहेको बताएका हुन्। उनीहरुले जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योगको नाममा विद्युत प्रयोग गर्न दिएको महशुल तिर्नुपर्नेमा जोड दिए। उनीहरुले प्राधिकरणले सर्वसाधारणलाई र ठूला उद्योगीहरुलाई छुट्टै नियमन गर्न नहु