विद्युत प्रयोग गर्छन्, बक्यौता तिर्नेनन् उद्योगः चार उद्योगमा एक अर्ब ५७ करोड बक्यौता
नेपाल विद्युत प्राधिकरणबाट ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेका सुनसरी मोरङ औद्योगिक करिडोर अन्तरगतका उद्योगले एक अर्ब ५७ करोड रुपियाँभन्दा बढी बक्यौता तिरेका छैनन् ।
दाङ । दाङमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको हाे । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएकोजिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले […]
नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे ।केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उनले
हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको मृत्यु भएको छ। उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको आज बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा...
जुत्ता उद्योगमा आगलागी भएको दुई साता नबित्दै शनिबार मेचीनगर नगरपालिकास्थित मगमग चाउचाउ उद्योगमा आगजनी, एक अर्ब बढीको क्षति
झापाको मेचीनगरस्थित काँकडभिट्टामा जुत्ता उद्योगमा आगलागी भएको ९ दिनमा फेरि अर्को ठूलो उद्योगमा...
डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उनले बताए । तस्वीर, रासस
मोरङको कटहरीस्थित एक उद्योगमा आगलागी भइरहेको छ । ग्लोबल बायो इनर्जी नामक उद्योगमा भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो ।सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । विराटनगर, इटहरी, काने
काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा सबैभन्दा बढी अन्तर्राष्ट्रिय लगानी प्रतिबद्धता पर्यटन क्षेत्रका उद्योगमा आएको छ। उद्योग विभागका अनुसार यसक्षेत्रमा १०१ उद्योगका लागि १८अर्ब३१करोड रुपैयाँ प्रतिबद्धता आएकोे छ। कृषि क्षेत्रमा तीन उद्योगमा ५२करोड९० लाख, ऊर्जाका चार उद्योगमा एकअर्ब ५४ करोड, सूचना प्रविधि सम्बन्धित१५ उद्योगमा दुईअर्ब९५ करोड, १९ उत्पादनमूलक उद्योगका लागि दुईअर्ब८६ करोड र ४१ सेवामूलक उद्योगमा पाँचअर्ब९८करोड बराबरको प्रतिबद्धता आएको छ।
काठमाडौं।उद्योग विभागले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी स्वदेशी लगानी उत्पादनमूलक उद्योगमा १९अर्ब५२ करोड४० लाख रुपैयाँ भएको जानकारी दिएको छ।कृषि तथा वन पैदावार उद्योगमा पाँच अर्ब ३४करोड८०लाख,ऊर्जामूलक उद्योगमा एक खर्ब ९अर्ब९७करोड४० लाख र प्रविधिमा आधारित उद्योगमा ८० करोड लगानी भएको छ।पूर्वाधार उद्योगमा १अर्ब७३करोड८० लाख,उत्पादनमूलक उद्योगमा १९अर्ब५२करोड४०लाख,खनिज क्षेत्रको उद्योगमा १२ रोड३० लाख,सेवामूलक उद्योगमा ५अर्ब६४करोड५लाख र पर्यटन उद्योगमा १३अर्ब४८करोड५लाख लगानी छ।