नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीको भैरहवा–भरौलिया औद्योगिक करिडोरका उद्योगीलाई पुरानो बिलको करिब १५ करोड रुपैयाँ बक्यौता तिर्न ताकेता गरेको छ। विद्युत् प्राधिकरण र उद्योगीबीच देखिएको ट्रंक र डेडिकेटेड लाइन विवाद नसुल्झिएको बेला प्राधिकरणले दोस्रोपटक बक्यौता तिर्न ३५ दिनको समय तोकेर पत्राचार गरेको हो।