‘नेपाली केटी एप’ प्रयोग गरेर लाखौं ठग्ने गिरोह पक्राउ, प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, २० माघ । प्रहरीले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका ती आठ जनालाई सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी […]

सम्बन्धित सामग्री

मेड इन नेपाल: दैनिक जीवनको एक हिस्सा ‘हाम्रो पात्रो’

केही समययता नेपालमा सूचना प्रविधि क्षेत्रले आशालाग्दो प्रगति गरेका विवरण सार्वजनिक भएका छन् । विशेष गरी सूचना प्रविधि सेवा निर्यातमा नेपाली जनशक्तिले विभिन्न देशका माग पूरा गरेर लाखौं डलर भित्र्याइरहेको अध्ययनले देखाएका छन् । तथापि, स्थानीय रूपमा उल्लेख्य मात्रामा प्रयोग हुने ‘आईटी प्रोडक्ट’ भने कमै बनेका छन् ।

ह्वाट्सएपमा सार्वजनिक भयो आईपी प्रोटेक्ट सुविधा

विश्वभर लाखौं प्रयोगकर्ताहरूले ह्वाट्सएप प्रयोग गर्छन्  । प्रयोगकर्ताको सुरक्षालाई ध्

डिम्याट खातामा रूकुम (पूर्व) जिल्लाको स्वामित्व सबैभन्दा कम

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही (डिम्याट) खातामा रूकुम जिल्लाका बासिन्दाको संख्या सबैभन्दा कम देखिन्छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २१ गतेसम्म ५५ लाखभन्दा बढी डिम्याट खाता खोलिएका छन् । तीमध्ये १४९ ओटा मात्र डिम्याट खाता रूकुम (पूर्व) जिल्लावासीले खोलेका हुन् । रूकुमपछि नवलपरासी(पूर्व)मा सबैभन्दा कम डिम्याट खाता खोलिएका छन् ।  सो जिल्लामा १ हजार ५२९ ओटा यस्ता खाता खोलिएका हुन् । सीडीएससीले दिएको जानकारीअनुसार कम डिम्याट खोलिएका दश जिल्लाहरूमा रूकुम (पूर्व) र नवलपरासी (पूर्व)सँगै मनाङ, मुस्ताङ, डोल्पा, रूकुम (पश्चिम), मुगु, हुम्ला, नवलपरासी (पश्चिम) र बाजुरा रहेका छन् । धितोपत्र बजारको पहुँच विश्वव्यापी रूपमा विस्तार भइसकेको अवस्थामा देशभित्रकै नागरिकको सहभागिता कम रहेको सीडीएससीको तथ्यांकले देखाउँछ । जिल्लाको हिसाबमा सार्वजनिक तथ्यांक बढी र घटी हुनुमा त्यस जिल्लाको जनसंख्याले समेत फरक पार्ला तर लाखौं जनसंख्या रहेका जिल्लामा सयौंको संख्यामा रहेको डिम्याट खातालाई आधार मान्दा उक्त जिल्लामा धितोपत्रसम्बन्धी जानकारी कम रहेको हुन सक्ने अनुमान जानकारहरूले गरेका छन् । बजारका अनुभवी लगानीकर्ता डमरुबल्लभ घिमिरे धितोपत्रसम्बन्धी वित्तीय साक्षरता शहर केन्द्रित भएको बताउँछन् । धितोपत्र बजारको पहुँच विस्तार भए पनि लगानीकर्ताको सहभागिता विस्तारमा भने कमी रहेको घिमिरेको बुझाइ छ । प्रविधिसँग जोडिएको नेपालको धितोपत्र बजारलाई प्रविधि कम प्रयोग गर्ने दुर्गम जिल्लाका नेपालीले समेत सहज तरिकाले प्रयोग गर्न सक्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिएका छन् । २०७५ सालदेखि पूर्ण अनलाइन प्रणालीबाट सञ्चालन भइरहेको धितोपत्र बजारमा दुर्गम जिल्लाका लगानीकर्तालाई समेत सहभागी गराउन बजार सम्बद्ध निकायहरू सक्रिय रहेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै नेपाली नागरिकमा धितोपत्रसम्बन्धी वित्तीय साक्षरता पुर्‍याउन विभिन्न रेडियो तथा टेलिभिजनमार्फत पनि कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । साथै धितोपत्र दलाल व्यवसायी, मर्चेण्ट बैंकरहरूले पनि धितोपत्रसम्बन्धी वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइरहेको बोर्डले जानकारी गराएको छ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको आधार डिम्याट खातालाई बनाइरहेको अवस्थामा पछिल्लो समय करीब १७ लाख डिम्याट खाता निष्क्रिय रहेको तथ्य पत्ता लागेको छ । करीब ५६ लाख डिम्याट खाता रहे पनि प्राथमिक बजारमा २६ लाखभन्दा बढी र दोस्रो बजारमा १९ लाखभन्दा बढी लगानीकर्ता मात्र सहभागी भएको अवस्था छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयर खरीदमा परेको आवेदनको तथ्यांकलाई हेर्दा २७ लाखभन्दा बढीले आवेदन दिएको देखिन्छ । पछिल्लो समय भने उक्त आवेदनको संख्यामा पनि कमी आएको छ ।

‘फजुल खर्च’ छानबिन गर्न समिति

राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि नै अनियमितताको आरोप लागेपछि छानबिन समिति गठन भएको छ । अनावश्यक कर्मचारी भर्ना गरेको, लाखौं खर्च गरेर सामग्री खरिद गरिए पनि प्रयोग हुन नसकेको लगायत विषय सार्वजनिक भएपछि समिति गठन गरिएको हो ।

सरकारको लाचारीपनले जनता मारमा

देशैभर सार्वजनिक सवारीसाधनको प्रयोग गरी आफ्नो कामकाजमा जाने सर्वसाधारणको संख्या लाखौं छ । सबैले निजी सवारी खरिद गर्न सक्दैनन् । त्यसैले पनि सार्वजनिक सवारीको प्रयोग गर्न बाध्य छन् । उपत्यकामा मात्र देनिक हजारौं सार्वजनिक यातायातको ओहोरदोहोर हुने गर्दछ । सार्वजनिक यातायातमा सवार हुनु भनेको कुनै युद्ध लड्नुजत्तिकै हो । ठेलमठेल, दाउराको चाड. मिलाएझंै मिलाएर राखेका […]

मोडेर्नाको प्रयोगमा रोक लगाइएको लट बाहिरको भाइलमा पनि पाइयो बाह्य वस्तु

भदौ १३, टोकियो । अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको कोभिड विरोधी खोपका केही भाइलमा बाहय वस्तु भेटिएपछि जापानले ती भाइलहरु पर्ने तीन लटका लाखौं खोप प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।  तर कम्पनीको प्रयोगमा आइनसकेको खोपको एक भाइलमा बाह्य वस्तु पाइएको शुक्रवार ओकिनावा प्रिफेक्चरल सरकारले बताएको छ । सो भाइल सरकारले यस अघि नै बाह्य वस्तु पाइएको भन्दै प्रयोगमा रोक लगाएको लटको भने होइन ।  इबाराकी, साइतामा, टोकियो, गिफु र आईची प्रिफेक्चरका आठ खोप स्थलहरुमा प्रयोग नभएका ३९ भाइलमा बाह्यक वस्तु पुष्टि भएको बिहिवार जापानको स्वास्थ्य मन्त्रालयले बताएको थियो । सोही दिन मन्त्रालयले सावधानी अपनाउने क्रममा बाह्य वस्तु भेटिएका तीन लटका १६ लाख ३० हजार मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो ।  यी सबै खोप स्पेनी कारखानामामा बनेर आएका थिए । खोप अज्ञात वस्तुहरु पाइएको जानकारी जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएको घरेलु फर्मा कम्पनी ताकेदा फर्मास्युटिकल कम्पनीले पाएको एक हप्ता भन्दा बढी समयमा खोप प्रयोगमा रोक लगाइएको थियो । प्रभावित खोपहरु ३००४६६७, ३००४७३४ र ३००४९५६ लटका पाइएको थियो । पछिल्लो समय प्रभावित खोपको लट भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

यी हुन् एक्काईसौँ शताब्दीका सबैभन्दा ठूला डेटा ब्रिचहरु

डेटा ब्रिच यति गम्भिर कुरा हो जसले एकै पटकमा लाखौं व्यक्तिलाई प्रभाव पार्छ । डेटा ब्रिचको अर्थ सुरक्षित राख्नु पर्ने आम सार्वसाधरणका डेटा चोरी गर्ने, सार्वजनिक गरिदिने, अनुमतिविना प्रयोग गर्ने वा डेटा सुरक्षा सम्बन्धि नियमहरु उल्लघंन गर्नु हो ।  डेटा ब्रिच धेरै जसो ह्याकरहरुले गरिरहेका हुन्छन् । कहिलकाँही जिम्मेवारी निकाय, संघसंस्था, व्यवसायिक प्रतिष्ठान, अनलाइनमा...

पाँच चिनियाँ नागरिक, जसले रातारात नेपाली बैंकबाट लाखौं लुटे

१५ भदौ, काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना …

सार्वजनिक जग्गा बेच्न जनप्रतिनिधिले ८० लाख बुझेको खुलासा

१४ असार, रौतहट । गौर राइस मिलको ५ विघा १९ कठ्ठा १५ धुर जग्गा मिलाइदिने भन्दै स्थानीय दलका नेताहरुले स्थानीय चुनावअघि नै जग्गा व्यवसायीसँग लाखौं पैसा बुझेको खुलेको छ । उनीहरुमध्ये एक अजय गुप्ता गौर नगरपालिकाका मेयर छन् । राइस मिल बन्द भएपछि यो जग्गालाई स्थानीय युवाहरुले खेल मैदानका रुपमा प्रयोग …

सार्वजनिक जग्गा बेच्न जनप्रतिनिधिले नै बुझे ८० लाख !

१४ असार, रौतहट । गौर राइस मिलको ५ विघा १९ कठ्ठा १५ धुर जग्गा मिलाइदिने भन्दै स्थानीय दलका नेताहरुले स्थानीय चुनावअघि नै जग्गा व्यवसायीसँग लाखौं पैसा बुझेको खुलेको छ । उनीहरुमध्ये एक अजय गुप्ता गौर नगरपालिकाका मेयर छन् । राइस मिल बन्द भएपछि यो जग्गालाई स्थानीय युवाहरुले खेल मैदानका रुपमा प्रयोग …