सार्वजनिक जग्गा बेच्न जनप्रतिनिधिले ८० लाख बुझेको खुलासा

१४ असार, रौतहट । गौर राइस मिलको ५ विघा १९ कठ्ठा १५ धुर जग्गा मिलाइदिने भन्दै स्थानीय दलका नेताहरुले स्थानीय चुनावअघि नै जग्गा व्यवसायीसँग लाखौं पैसा बुझेको खुलेको छ । उनीहरुमध्ये एक अजय गुप्ता गौर नगरपालिकाका मेयर छन् । राइस मिल बन्द भएपछि यो जग्गालाई स्थानीय युवाहरुले खेल मैदानका रुपमा प्रयोग …

सम्बन्धित सामग्री

सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमणकाे समस्या बढ्दै

सिन्धुली । सिन्धुलीमा सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण र दोहनकाे समस्या बढ्दै गएकाे छ । सिन्धुलीमाडीमा व्यसायीहरुका कारण घर-घडेरीको मूल्य आकाशिएकाले स्थानीय गौमती खोलामा समेत व्यवसायीहरुले घडेरी बिक्री वितरण गरिरहेका छन् । कमलामाई नगरपालिकाको मुख्य बजार क्षेत्रमा एक कठ्ठा जमिनको मूल्य १ करोड रातमाटा तथा माझिटारमा ८० लाख र ढुङग्रेबास तथा धुराबजारमा ७० लाखको दरमा […]

धरान उपमहानगरपालिकाको नवौं नगरसभा : बजेट २ अर्ब ३ करोड

असार ११, धरान । धरान उपमहानगरपालिकाको नवौं नगरसभा आर्थिक वर्ष २०७८/ ७९ को लागि २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै आगामी १९ गते सम्मका लागि स्थगित भएको छ ।  प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्धघाटन गरेको नगरसभामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आगामी आर्थिक बर्षं २०७८/ ७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् ।  नगरसभामा उपमेयर सुबेदीले बजेट प्रस्तुत गरेपछि मेयर तिलक राईले आगामी असार १९ गते सम्मका लागि सभा स्थगित गरेको घोषणा गरेका थिए ।  धरान उपमहानगरपालिकाले आव २०७८/ ७९ को लागि अघिल्लो वर्षका तुलनामा ३१ करोड रुपैयाँभन्दा बढीको बजेट बनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा धरानको २० ओटा वडाको लागि २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख रुपैयाँ, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालू भैपरी आउने खर्चमा २० लाख रुपैयाँ र विपद् व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संशोधन गर्न संघिय सशर्ततर्फ ३ करोड ९५ लाख  रुपैयाँ र नगरपालिका स्रोत तर्फ ८० लाख रुपैयाँ गरी कुल जम्मा ४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगर गौरवका योजनाहरूका लागि १८ करोड २१ लाख विनियोजन गरिएको छ । शिक्षा युवा तथा खेलकुद तर्फ संघीय सशर्त अनुदान ३५ करोड ७८ लाख रुपैयाँ, नगरपालिका स्रोततर्फ २ करोड ५० लाख रुपैयाँ गरी जम्मा २८ लाख रुपैयाँ बजेट नियोजन गरिएको छ । सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न १ करोड बजेट विनियोजन गरिएको छ । कृषि, पशु, सहकारी र उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न नगरपालिका स्तरीय रु ९० लाख बजेट विनियोजन गरिएको छ । धार्मिक, सांस्कृतिक तथा बहुजातिय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास गर्न छनौट भएका कार्यहरूका लागि ३५ लाख बजेट विनियोजन गरिएको छ । अव्यवस्थित बसोबास तथा सुकुम्वासी व्यवस्थापनतर्फ राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न ५० लाख बजेट विनियोजन गरिएको छ । सार्वजनिक जग्गा र जलाधार संरक्षण र उपयोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विमानस्थल जग्गा व्यवस्थापनको लागि आवश्यक कार्य गर्न ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ । कोभिड १९ लगायतका महामारी नियन्त्रण र खोप खरीदको लागि ७ करोड बजेट विनियोजन गरिएको छ । खाजा भत्ता सम्बन्धमा नगर कार्यपालिकामा कार्यरत सबै कर्मचारीलाई दिँदै आएको खाजा खर्चलाई हाजिरीको आधारमा दैनिक १२५ रुपैयाँ बनाइएको छ ।

सार्वजनिक जग्गा बेच्न जनप्रतिनिधिले नै बुझे ८० लाख !

१४ असार, रौतहट । गौर राइस मिलको ५ विघा १९ कठ्ठा १५ धुर जग्गा मिलाइदिने भन्दै स्थानीय दलका नेताहरुले स्थानीय चुनावअघि नै जग्गा व्यवसायीसँग लाखौं पैसा बुझेको खुलेको छ । उनीहरुमध्ये एक अजय गुप्ता गौर नगरपालिकाका मेयर छन् । राइस मिल बन्द भएपछि यो जग्गालाई स्थानीय युवाहरुले खेल मैदानका रुपमा प्रयोग …