मेड इन नेपाल: दैनिक जीवनको एक हिस्सा ‘हाम्रो पात्रो’

केही समययता नेपालमा सूचना प्रविधि क्षेत्रले आशालाग्दो प्रगति गरेका विवरण सार्वजनिक भएका छन् । विशेष गरी सूचना प्रविधि सेवा निर्यातमा नेपाली जनशक्तिले विभिन्न देशका माग पूरा गरेर लाखौं डलर भित्र्याइरहेको अध्ययनले देखाएका छन् । तथापि, स्थानीय रूपमा उल्लेख्य मात्रामा प्रयोग हुने ‘आईटी प्रोडक्ट’ भने कमै बनेका छन् ।

सम्बन्धित सामग्री

मेड इन नेपाल: डेढ दशकदेखि देश-विदेशका परिकार पस्किरहेको फुडमान्डु

धेरैलाई याद नहुन सक्छ, नेपालमा फुड डेलिभरी कम्पनीका रूपमा ‘फुडमान्डु’ सुरु हुँदा भारतमा अहिले चल्तीमा रहेका जोम्याटो, स्विगी, फुडपान्डाजस्ता कम्पनी पनि भर्खर सुरु हुँदै वा सुरु हुने तयारीमा थिए । अहिले स्विगी र जोम्याटो भारतका सबैभन्दा चलेका खाद्य–प्रविधि (फुड–टेक) कम्पनी हुन् भने भारतको फुड डेलिभरी बजारको आकार करिब ६६ हजार करोड भारु पुगेको छ । जोम्याटोको बजार हिस्सा ५६–५७ प्रतिशत र स्विगीको करिब ४५ प्रतिशत छ ।