इलामका बाढीपहिरो प्रभावितलाई राहत

इलाम । इलाममा बाढीपहिरोबाट प्रभावित परिवारलाई रातह वितरण गर्न थालिएको छ । कात्तिक २ र ३ गतेको वर्षाका कारण ज्यान गुमाएका परिवारलाई संघीय सरकारका तर्फवाट राहत वितरण थालिएको हो ।      देउमाई नगरपालिका–४ मा लुतिमाई खोल्सीले बगाउँदा मृत्यु भएकी ४७ वर्षीया सरिता आचार्यको परिवारलाई २  लाख उपलब्ध गराइएको छ । सो घटनामा उनका श्रीमान् दीपक भाग्न सफल भएका थिए । पीडित परिवारको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कासहितको टोलीले सो रकम हस्तान्तरण गरेको हो ।      यस्तै, देउमाई नगरपालिकाका तर्फबाट पीडित परिवारलाई ५० हजार प्रदान गरिएको छ । जिल्लामा बाढीपहिरोबाट १८ जनाले ज्यान गुमाएका थिए । मृतक सबैको घरमा पुगेर राहत प्रदान गरिने प्रजिअ खड्काले बताए । बाढीपहिरोबाट फाकफोकथुम गाउँपालिकामा ६, माङसेवुङ गाउँपालिकामा चार, सूर्योदय नगरपालिकामा तीन तथा माई नगरपालिका र देउमाई नगरपालिकामा एक–एक जनाको ज्यान गएको थियो ।      बाढीपहिरोबाट जिल्लामा २८५ परिवार विस्थापित भएका छन् । यस क्रममा पाँच जना घाइते भएका थिए भने ९  जनाको जीवितै उद्दार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीपहिराको कारण ६४४ घरगोठमा क्षति पुगेको छ । १९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण सार्वजनिक गरेको छ । जिल्लामा बाढीपहिरोबाट विद्यालयतर्फ १४ करोड ६२ लाख, स्वास्थ्य केन्द्रतर्फ ३ करोड २३ लाख, घर आवासतर्फ ४६ करोड ९६ लाख, पुलपुलेसातर्फ १२ करोड, खानेपानीतर्फ ११ करोड ३५ लाख, सिँचाइमा १९ लाख, नदी कटानतर्फ ८० लाख, विद्युत्तर्फ ९१ लाख, खेलमैदानतर्फ ५ लाख, कृषिबालीतर्फ  २३ करोड ९५ लाख, पशुपक्षीतर्फ २ करोड ३० लाख तथा टेलिफोनतर्फ ४ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षाका कारण मेची राजमार्ग क्षेत्रमा मात्र ८ करोड ५८ लाख बरावरको क्षति भएको छ । रासस 

सम्बन्धित सामग्री

बाढीपहिरो प्रभावितलाई राहत वितरण

ताप्लेजुङ, १६ साउन । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेको छ । […]

सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावितलाई राहत बाँड्ने

धनगढी : सुदूरपश्चिम सरकारले भोलि (शनिबार) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेकी छन्।‘अब सरकारसँग सहकार्य गरेर मात्र राहत उपलब

बाढीपहिरो पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए । बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् । […]

सरकारले बाढीपहिरो पीडितका लागि चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्।बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन ग

बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन निधिको माग

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढीपहिरो प्रभावितलाई तत्काल राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

नेपाल–भारत महिला मैत्री समाजले बाढीपहिरो पीडितलाई बाँड्याे राहत सामग्री

वीरगञ्ज, १६ भदौ । नेपाल–भारत महिलामैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित एक कार्यक्रममा पर्साका विभिन्न चार स्थानीय तहका करिब एक सय बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री दिइएको समाजकी अध्यक्ष चन्दा चौधरीले जानकारी दिइन् । बाढीपहिरोपीडितलाई सहयोग गरेकोमा चौधरीले धन्यवाद दिँदै नेपाल भारत सम्बन्ध जनस्तरमा […]

बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि काम गर्नु पर्छ- राष्ट्पति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्दार, विपद्पश्चात् गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको पूर्वतयारीमा ध्यान दिनु पर्ने बताएकी छिन्। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि सरकारले काम गर्नु पर्ने बताएकी छिन्।

मेलम्चीका बाढीपहिरो पीडितलाई राहत र उद्दार कार्यमा कुनै कमी हुँदैन–मन्त्री तामाङ

काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।

मेलम्चीका बाढीपहिरो पीडितलाई राहत र उद्दार कार्यमा कुनै कमी हुँदैन–मन्त्री तामाङ

काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।