मेलम्चीका बाढीपहिरो पीडितलाई राहत र उद्दार कार्यमा कुनै कमी हुँदैन–मन्त्री तामाङ

काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।

सम्बन्धित सामग्री

बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि काम गर्नु पर्छ- राष्ट्पति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्दार, विपद्पश्चात् गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको पूर्वतयारीमा ध्यान दिनु पर्ने बताएकी छिन्। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि सरकारले काम गर्नु पर्ने बताएकी छिन्।

हेलम्बुमा हेलिकप्टरबाट राहत सामग्री लगिँदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङको पहलमा आज बाढीपहिरो पीडित हेलम्बुमा राहत सामग्री लिएर सेनाको हेलिकप्टर पठाउने तयारी रहेको छ। सडक भत्किएकाले हेलिकप्टरबाट राहत सामग्री लैजान लागेको बताइएको छ। पीडितलाई अत्यावश्यक त्रिपाल, खाद्यान्न र स्वास्थ्य सामग्री पुर्‍याउन लागेको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रभावित मेलम्ची क्षेत्रमा राहत सामग्री वितरण र उद्दार कार्य जारी रहेको छ।