धनगढी : सुदूरपश्चिम सरकारले भोलि (शनिबार) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेकी छन्।‘अब सरकारसँग सहकार्य गरेर मात्र राहत उपलब