जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्ड विपरीत सञ्चालन हुँदै आएको जनाएको थियो ।