कन्नड अभिनेत्री स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् जसका कारण उनले ठूलै समस्या भोग्नुपरेको छ । गलत उपचारका कारण स्वाती सतीशको अनुहार बिग्रियो । शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् । स्वातीले आफ्नो अवस्थाका लागि चिकित्सकलाई दोष दिँदै गलत उपचार गरेको आरोप समेत लगाएकी छन् ।अहिले स्वातीलाई चिन्न मुश्किलरिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो ।