अबको केही दिनमा पालिका चुनाव हुँदै छ । यो हामी नागरिकका लागि काम गर्ने मानिस छान्ने अवसर हो । अहिले गाउँ गाउँमा म यसो गर्छु उसो गर्छु भन्दै भोट माग्न आउनेहरूको लर्को छ ।
प्रचार प्रसार हेर्दा अनेक समस्याको बारेमा बोलेका छन् । जुन हरेक चुनावमा भनिँदै आएको कुरा हो । आफ्नो आफ्नो घोषणा पत्रहरूले नागरिकको हात हातमा पु¥याएर भोट माग्नुलाई नकारात्मक रूपमा लिन सकिन्न ।
धेरैको प्राथमिकता सडक, ढाल निकासी, कृषि, शिक्षा, सुशासन, पारदर्शिता लगायत छन् । यसको साथै आफूले आफूलाई राम्रो भन्ने र अरूलाई विकासको बाधक भन्दै ...