लमजुङ – हिमाली जिल्ला मनाङ आफैमा चिसो छ । बिस्तारै जाडो पनि सुरु हुँदैछ । त्यसैले पनि अहिले हिमालपारीको जिल्ला मनाङ पुग्नेले चिसोको अनुभव गर्छन् । चिसो वातावरणमा चिसो पानीमा नुहाउन, कपडा धुन पक्कै समस्या हुन्छ ।
मनाङकै चामे गाउँपालिका–३, मा तातोपानी कुण्ड छ । यहाँ बाह्रै महिना बग्ने प्राकृतिक तातोपा...