गरिमा क्यापिटललाई म्युचुअल फण्ड व्यवस्थापनको अनुमति

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रूपमा काम गर्ने अनुमति पाएको छ । कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो शेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएको बताइएको छ । निकट भविष्यमै कोष सुपरीवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजना सञ्चालन गर्दै जाने बताइएको छ । गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । कम्पनीका सम्पूर्ण सेवा ग्राहक समक्ष पुर्‍याउन बैंकका सबै शाखामार्फत सहजीकरण हुँदै आएको बताइएको छ ।

सम्बन्धित सामग्री

१ अर्ब बराबरको म्युचुअल फण्ड ल्याउदै गरिमा क्यापिटल, बोडसँग माग्यो अनुमति

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड सेबोनमामा अनुमति मागेको हो । क्यापिटलले माघ २८ गते निवेदन दिएको हो । सेबोनले  अनुमति दिएपछि इकाईहरु निष्कासन हुनेछन् ।  यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ । गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।

नयाँ दुई म्युचुअल फण्ड सञ्चालनमा आउने, सेबोनबाट स्वीकृति पाए

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति पाएका हुन् । सिटजिन्स म्युचुअल  फण्डअन्तर्गत सञ्चालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले रू. १० अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।  त्यस्तै आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्कासन गर्न चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै योजनाले रू. १० अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ । यी दुवै बन्दमुखी योजना हुन् ।

एनएमबि क्यापिटलले पायो नयाँ म्युचुअल फण्ड संचालन अनुमति

एनएमबि क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ संचालनको लागि बोर्डबाट अनुमति पाएको हो ।बोर्डले साउन ५ गते योजना संचालनको लागि अनुमति प्रदान गरेको हो । यो योजनाको आकार १ अर्ब २० करोड रहेको छ । यो बन्द मुखी योजना हो । योजना अन्तर्गत १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु निष्काशन हुने छन् ।हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ।

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि बोर्डबाट अनुमति पायो

वैशाख २८, काठमाडौं । कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २२ गते अनुमति पाएको हो । फण्डले प्रतिइकाइ रू. १० का १२ करोड इकाइ निष्कासन गर्नेछ । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले एक करोडको म्युचल फण्ड निष्काशन गर्दै

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब रुपैयाँ बराबरको आरबीबी म्युचुअल फण्ड निष्काशन गर्न लागेको छ। बैंकले असार २३ गतेदेखि असार २७ गतेसम्म न्युनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्तासम्म खरिद गर्न मिल्ने गरी एक करोडको फण्ड निष्काशन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने बंैकले बताएको छ।

आरबीबी म्युचुअल फण्ड १ लाई अनुमति

‘आरबीबी म्युचुअल फण्ड १’ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ । यो ‘आरबीबी म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी अनुमति दिइएको बताइएको छ । यस योजनाको आकार एक अर्ब र […]

एक अर्बको आरबीबी म्युचुअल फण्ड-१ ले पायो बिक्री अनुमति, सात वर्षको समयावधी

काठमाडौं। आरबीबी म्युचुअल फण्ड १ ले निष्काशन तथा बिक्री अनुमति पाएको छ। धितोपत्र बोर्डले यो बन्दमुखी योजना निष्काशन गर्न