आरबिबि म्युचुअल फण्ड–१ लाई १ अर्ब बराबरको इकाई विक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

असार ११, काठमाडौं । आरबिबि म्युचुअल फण्ड–१ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले आरबिबि मर्चेण्ट बैंक लिमिटेडलाई अनुमति दिएको छ ।  धितोपत्र बोर्डले प्रतिइकाई रू. १० अंकित दरको रू. १ अर्ब बराबरको १० करोड इकाई  विक्री गर्न असार १० गते अनुमति दिएको हो । आरबिबि मर्चेण्ट बैंकले बन्दमुखी योजना सञ्चालनका लागि उक्त इकाई विक्री गर्न लागेको हो ।

सम्बन्धित सामग्री

नेपाल धितोपत्र बोर्डले दियो २ ओटा बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति

माघ ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ । बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको  हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।  बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।  त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट नुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ । कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ ।रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ ।धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर २१२ रुपैयाँ […]

‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । ‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।  यो योजनाको आकार १ अर्ब र समया ७ बर्षको रहनेछ । कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी आरबीबी म्युचुअल फन्ड’अन्र्तगत संचालन हुने बन्दमुखी योजना आरबीबी म्युचुअल फन्ड १’ नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो ।

एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

जेठ २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले एनआईसी एशिया बैंकलाई ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २० गते अनुमति दिएको हो । कुल कित्तामध्ये बैंकले रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

प्रभुको सामुहिक लगानी योजना स्वीकृत

प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले २०७७ वैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको जनाएको छ ।प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ […]