१ अर्ब बराबरको म्युचुअल फण्ड ल्याउदै गरिमा क्यापिटल, बोडसँग माग्यो अनुमति

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड सेबोनमामा अनुमति मागेको हो । क्यापिटलले माघ २८ गते निवेदन दिएको हो । सेबोनले  अनुमति दिएपछि इकाईहरु निष्कासन हुनेछन् ।  यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ । गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो ।  

सम्बन्धित सामग्री

गरिमा क्यापिटललाई म्युचुअल फण्ड व्यवस्थापनको अनुमति

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रूपमा काम गर्ने अनुमति पाएको छ । कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो शेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएको बताइएको छ । निकट भविष्यमै कोष सुपरीवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजना सञ्चालन गर्दै जाने बताइएको छ । गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । कम्पनीका सम्पूर्ण सेवा ग्राहक समक्ष पुर्‍याउन बैंकका सबै शाखामार्फत सहजीकरण हुँदै आएको बताइएको छ ।