एनएमबि क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ संचालनको लागि बोर्डबाट अनुमति पाएको हो ।बोर्डले साउन ५ गते योजना संचालनको लागि अनुमति प्रदान गरेको हो । यो योजनाको आकार १ अर्ब २० करोड रहेको छ । यो बन्द मुखी योजना हो । योजना अन्तर्गत १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु निष्काशन हुने छन् ।हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ।