काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको छ ।
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति पाएका हुन् । सिटजिन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि चैत ५ गते स्वीकृति पाएको हो ।
कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले रू. १० अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।
त्यस्तै आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्कासन गर्न चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै योजनाले रू. १० अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।
यी दुवै बन्दमुखी योजना हुन् ।