ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ हजार कित्ता संस्थापक शेयर माघ ११ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको उक्त शेयर माघ २० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ३५० तोकिएको छ । विद्यमान संस्थापक शेयरधनी लगाएत इच्छुक योग्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् । कम्पनीले यो शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । यसअघि वितरण नभएको यो शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । आवेदन पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्ससहित ४ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

फागुन १३, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला भएको छ ।  आइसीएफसि फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो । कम्पनीले आइसीएफसि फाइनान्सको ४८ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र  नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले फागुन २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  आइसीएफसि फाइनान्सको शेयरको न्यूनतम मूल्य रू. १९५, ग्रामीण विकास लघुवित्तको रू. ३७५, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९० र नेपाल लाइफ इन्स्योरेन्सको रू. ९०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

७ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

माघ ११, काठमाडौं । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेका ७ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।   क्यापिटलको स्वामित्वमा रहेका प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।   कम्पनीले माघ ५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको ति ७ ओटा कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यसभन्दा अगाडिनै कम्पनीले ३५ दिने सूचना प्रकाशित गरीसकेको हुँदा यसै सूचनाद्वारा विद्यमान संस्थापकहरुलाई जानकारी गराएको छ । क्यापिटलले प्रभु बैंकको ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १७५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  त्यसैगरी, प्राइम कमर्शियल बैंकको शेयर न्यूनतम मूल्य प्रतिकित्ता रू. १९०, कुमारी बैंकको रू. १७५, आईसीएफसी फाइनान्सको रू. २५०, नेपाल ग्रामीण विकास लघुवित्तको रू. ४००, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९४ र नेपाल इन्स्योरेन्सको रू. ४५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा

भदौ ११, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र  प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  प्रभु बैंकको शेयरको न्यूनतम मूल्य रू. १८५, नेशनल लाइफ इन्स्योरेन्सको रू. ४३७, ग्रामीण विकास लघुवित्तको रू. ४५५ र प्राइम कमर्सियल बैंकको रू. २०८ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन आज

जेठ ५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ्ग समयसम्म रहेको छ ।  उक्त कम्पनीले गत वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  जसमा आवेदकले आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको रू. ४०० र युनाइटेड इन्स्योरेन्सको रू. ३२१ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्नेछन् ।

तीन ओटा कम्पनीको संस्थापक शेयर वैशाख १६ गतेदेखि लिलामीमा आउँदै

वैशाख १०, काठमाडौं । वैशाख १६ गतेदेखि दुई ओटा लघुवित्त कम्पनी सहित तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आउने भएको छ ।  एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको कुल १ लाख १९ हजार ८३९ कित्ता संस्थापक शेयर लिलामीमा आउन लागेको हो ।  कुल कित्तामध्ये आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेको छ ।  यी शेयर खरीदका लागि इच्छुक योग्य लगानीकर्ताहरुले जेठ ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उल्लेखित शेयरमा बोलकबोल गर्नका लागि आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता रू. ३२१ तोकिएको छ ।  तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेको बोलकबोल मात्र बाँडफाँटमा सहभागी गराईने कम्पनीको भनाइ छ । यो शेयरमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।  सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । उक्त शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।