नेपाल लाइफ इन्स्योरेन्ससहित ४ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

फागुन २०, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  आइसीएफसि फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने शुक्रवार अन्तिम दिन हो । कम्पनीले आइसीएफसि फाइनान्सको ४८ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र  नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले शुक्रवार बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  आइसीएफसि फाइनान्सको शेयरको न्यूनतम मूल्य रू. १९५, ग्रामीण विकास लघुवित्तको रू. ३७५, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९० र नेपाल लाइफ इन्स्योरेन्सको रू. ९०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

२ कम्पनी र २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई वटा कम्पनी र २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज कार्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गरेका नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिंगले संचालन गरेका सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड , र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर ८ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले  आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।त्यस्तै अरुण काबेली पावरले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. १, ८५, ५२,१०,५००।- को १० प्रतिशतका दरले रु. १८, ५५,२१,०५०।- बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले रु. १,०५,०६,०५७/- नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजना नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्न पनि आज अन्तिम दिन हो ।   नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ। त्यस्तै  नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत ६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन आइतवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले आज अर्थात् चैत ६ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त  प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको हो । साधारण सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे हुनेछ ।  सभाले हाल कायम पूँजी संरचनामा संस्थापन र सर्वसधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।