नेपाल लाइफ इन्स्योरेन्ससहित ४ ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

फागुन १३, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला भएको छ ।  आइसीएफसि फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो । कम्पनीले आइसीएफसि फाइनान्सको ४८ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र  नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले फागुन २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  आइसीएफसि फाइनान्सको शेयरको न्यूनतम मूल्य रू. १९५, ग्रामीण विकास लघुवित्तको रू. ३७५, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९० र नेपाल लाइफ इन्स्योरेन्सको रू. ९०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । धितोपत्र दोस्रो बजारमा यस कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ भने सर्वसाधारण शेयरको मूल्य प्रतिकित्ता ५८७ रुपैयाँ छ ।

नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी पत्रमा हस्ताक्षर

नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।

नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी पत्रमा हस्ताक्षर

नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।