कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेका छन् । साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड जोन्सन खोप अभियानमा बुधबार अपराह्न ४ बजेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।
जोन्सन एण्ड जोन्सन खोप अभियानमा अहिले सात प्रदेशमध्ये बागमती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बागमती प्रदेशमा ७८ हजार ४३५ जना र गण्डकी प्रदेशमा २९ सय १७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइसक्नुभएको जानकारी दिनुभयो ।