उद्योगमन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले गरे स्वीकृत
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालले दिएको राजीनामा स्वीकृत गरेका हुन् । हमालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।
काठमाडौं, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए । हमालले […]
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले रातोपाटीलाई बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्
उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको रातोपाटीलाई बतायो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।
नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भनेर उनको चौतर्फी आलोचना भइरहेको थियो ।
वकिलहरूले शनिवार मन्त्रिपरिषदमा भाग मागेको भन्दै प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश नै गर्न दिन नहुने भनेका थिए ।
राजनीतिक वृत्तमा पनि उनको नियुक्तिलाई लिएर प्रधानमन्त्री देउवाको समेत आलोचना भएपछि हमालले राजीनामा बुझाएका हुन् ।
उनी बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार राजीनामा दिने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमाल राजीनामा दिन लागेका हुन्।
आफूले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा गर्ने तयारी गरेका छन् ।
उनले राजीनामा दिनका लागि प्रधानमन्त्री शेर बहादुर देउवासँग समय मागेको बालुवाटार निकट स्रोतले जनायो ।
आफू मन्त्री बनेको विषयमा प्रधानन्यायाधीश समेतलाई विवादमा तानेको भन्दै उनले राजीनामा दिने निश्कर्ष निकालेको हमाल निकट स्रोतले बतायो ।
आफूलाई राजीनामा नदिन धेरैले आग्रह गरेपनि आफू भने स्वविवेकले राजीनामा दिने निष्कर्षमा पुगेक...
२४ असोज, काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर […]