उद्योगमन्त्री हमालद्वारा शपथ लिएको ७२ घन्टा नपुग्दै राजीनामा दिने तयारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा गर्ने तयारी गरेका छन् ।  उनले राजीनामा दिनका लागि प्रधानमन्त्री शेर बहादुर देउवासँग समय मागेको बालुवाटार निकट स्रोतले जनायो ।  आफू मन्त्री बनेको विषयमा प्रधानन्यायाधीश समेतलाई विवादमा तानेको भन्दै उनले राजीनामा दिने निश्कर्ष निकालेको हमाल निकट स्रोतले बतायो । आफूलाई राजीनामा नदिन धेरैले आग्रह गरेपनि आफू भने स्वविवेकले राजीनामा दिने निष्कर्षमा पुगेक...