शपथ लिएको ७२ घन्टा नपुग्दै उद्योगमन्त्री हमालले दिए राजीनामा

नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भनेर उनको चौतर्फी आलोचना भइरहेको थियो ।  वकिलहरूले शनिवार मन्त्रिपरिषदमा भाग मागेको भन्दै प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश नै गर्न दिन नहुने भनेका थिए ।  राजनीतिक वृत्तमा पनि उनको नियुक्तिलाई लिएर प्रधानमन्त्री देउवाको समेत आलोचना भएपछि हमालले राजीनामा बुझाएका हुन् ।  उनी बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई...