मंसिर ५, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले लाभांश संशोधन गरेको बताएको छ ।
अव कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।