१२ ओटा लघुवित्त कम्पनीले लाभांश दिने, ९ ओटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५४ लघुवित्त वित्तीय कम्पनीहरूमध्ये गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १२ लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ९ लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  युनिक नेपाल लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये केहीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीले भने लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेका छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै फष्र्ट माइक्रोफाइनान्सले भने समान दरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।  छिमेक लघुवित्तले पनि यस वर्ष बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  साना किसान लघुवित्तले भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्तले पनि १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८ दशलमव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।  समता घरेलु लघुवित्र वित्तीय संस्थाले ५ दशलमव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कुन कम्पनीको लाभांश कति ? स्रोत : कम्पनीहरूको सूचनाबाट ।  ९ ओटा कम्पनीले भने लाभांश नदिने  अहिलेसम्म ९ ओटा लघुवित्त वित्तीय संस्थाले भने यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । ग्रामिण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  गत आवमा आर्थिक मन्दीका कारण सूचीकृत कम्पनीहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकारहरू बताउँछन् । 

सम्बन्धित सामग्री

हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

१३ मंसिर, काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक […]

लघुवित्तले धेरै लाभांश बाँड्नु हुँदैन: सांसद मण्डल

लघुवित्त अभियन्ता तथा सांसद योगेन्द्र मण्डलले लघुवित्त वित्तीय संस्थाले धेरै लाभांश बाँड्न नहुने बताएका छन्।...

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ,१२ माघ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी […]

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

६ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २० करोडको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ […]

लघुवित्तको लाभांश घोषणा : महिलाको सबैभन्दा धेरै, एनआईसीको कमजोर !

६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही लघुवित्त वित्तीय संस्थाले त साधारण सभा बोलाएर घोषित लाभांश पारित समेत गराइसकेका छन् । लाभांश घोषणा गरेका संस्थाहरुमध्ये धेरेले ‘क’ वर्गका वाणिज्य बैंकहरूभन्दा आकर्षक लाभांश शेयरधनीहरुलाई दिने घोषणा गरेका छन् । सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले […]

महिला लघुवित्तको लाभांश परिमार्जन

५ कात्तिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको पत्र नेप्सेलाई जानकारी गराएको छ । यसअघि योग्य मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र कर […]

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ

काठमाडौँ – लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो। नयाँ निर्देशिका अनुसार नगद वा लाभांश सेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो। निर्देशिका अनुसार यदि कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी […]

लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने

लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो । नयाँ निर्देशिका अनुसार नगद वा लाभांश शेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो । निर्देशिकाअनुसार यदि  कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढि लाभांश दिन चाहेको खण्डमा त्योभन्दा बढी लाभांशको ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसअघि इजाजत प्राप्त संस्थाले आर्थिक वर्ष २०७७&...

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ

लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो । नयाँ निर्देशिका अनुसार नगद वा लाभांश शेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो । निर्देशिकाअनुसार यदि  कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढि लाभांश दिन चाहेको खण्डमा त्योभन्दा बढी लाभांशको ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसअघि इजाजत प्राप्त