काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ ।
सभा एशियन बुद्ध होटल सिननपा-८ रुपन्देही भैरहवामा बिहान ८ बजे गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले भविष्यमा यस कम्पनीले अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरू अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोही कारण यस वर्ष शेयरधनीको हात खालिन हुने भएको छ । अघिल्लो आवको मुनाफाबाट भने गत वर्ष कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
आठौं वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आठौं वार्षिक साधारण सभा गर्ने निणर्य गरेको हो ।
साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्