काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले अन्य इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।