नेकपाका ओली पक्ष स्थायी कमिटी सदस्यहरुले पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा पदको लोभ भएको दाबी गरेका छन् । ओली पक्षले सोमबार दमौलीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले पार्टीभित्रकै शीर्ष नेताहरुबीच पदको लोभले गर्दा मुलुक आजको अवस्थामा पुगेको दाबी गरेका हुन् ।