कतिपय मानिस खानाका सौखिन हुन्छन् । उनीहरूलाई शरीरभन्दा खाना प्यारो लाग्छ र बिरामी हुँदासमेत खानपानमा परिवर्तन गर्न चाहँदैनन्, जसले गर्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ । तलको कथाले पनि यस्तै सन्देश दिन्छ । एकादेशमा एक जना खानाका निकै सौखिन राजा थिए । उनलाई चिसो, पीरो र अमिलो खूब मन पथ्र्यो । दही त प्रिय खाना नै मानिन्थ्यो । रुघाखोजी, ज्वरोमा समेत त्यसलाई छाड्न चाहँदैनथे । एकपटक उनी नराम्ररी बिरामी परे । ज्वरो सय डिग्रीभन्दा बढी थियो, खोकी त्यस्तै । एकसेएक चिकित