नागरिकले व्यवस्था होइन, अवस्था बदल्न चाहेका हुन : गगन

गुल्मी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नागरिकले व्यवस्था नभई अवस्था बदल्न चाहेको बताएका छन् । शनिबार गुल्मी कांग्रेसका दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले केही पात्र खराब हुँदैमा सिङ्गो व्यवस्थालाई दोष दिन नहुने उल्लेख गरे । दुर्गा प्रसाईंप्रति लक्षित गर्दै उनले भने, ‘सहकारीको २० लाखमुनिको ऋण मिनाहाको लोभ देखाएर व्यवस्थाबिरुद्ध बोलिएको छ ।’ […] The post नागरिकले व्यवस्था होइन, अवस्था बदल्न चाहेका हुन : गगन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जनआक्रोश व्यवस्थाविरुद्धको होइन, थिति बसाल्न प्रण गरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्। दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण । आज १७ […]

लोकतन्त्रको विकल्प समुन्‍नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् । महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउँदै लोकतन्त्र व्यवस्था ल्याएअनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् । उनले लोकतन्त्र शब्दमा होइन हाम्...

लोकतन्त्रको विकल्प समुन्‍नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् । महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउँदै लोकतन्त्र व्यवस्था ल्याएअनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् । उनले लोकतन्त्र शब्दमा होइन हाम्...

गगन भन्छन्- हेर्नुस् हालत ! सरकार पक्षको मान्छे नभेटिने भइसक्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको पक्षमा मान्छे नभेटिने अवस्था बनिसकेको टिप्पणी गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पछिल्ला ठूला घटनामा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले कहीँ न कहीँबाट आजको छलफल थाहा पाउनुहुन्छ होला । हेर्नुस् हालत प्रतिपक्षमा बसेको साथीहरू त हुनुभयो […]

‘आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयो’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रित भएको आरोप लगाएका हुन् ।  उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन […]

आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन। शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रीत भएको आरोप लगाए। उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै संघर्षका लागि तयार रहन आह्वान गरे ।‘जुन उदेश्यका साथ संस्थापकहरुले यो पार्टी बनाउनुभए

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका हुन् । बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताए । अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उनले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताए । यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उनको दाबी थियो । कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताए । लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराए । उनले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका थिए । सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहार अघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए । बैठकमा एमाले सांसद् खेमप्रसाद लोहनीले भने, ‘चैत मसान्तसम्ममा धेरै ढिलो हुन्छ, चैत भन्यो असार जान्छ । त्यसकारण ४ महीनामा सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्छ ।’ बैठकमा नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकारले प्रशंसायोग्य काम गरिरहेकोमा व्यवस्थापनमा भने समस्या रहेको बताएका थिए । निषेधाज्ञा खुकुलो हुँदै गएपछि पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार मात्रै २४ घण्टाको अवधिमा १० हजार ८ सयको पीसीआर परीक्षण गर्दा ३ हजार २६० मा संक्रमण पुष्टि भएको छ भने थप ३२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।