नेपाली कांग्रेस पर्वतको भवनमा कोभिड अस्पताल बनाइने

पर्वत । नेपाली कांग्रेस पर्वतले कोभिड अस्पताल बनाउन पार्टी कार्यालय उपलब्ध गराएको छ । जिल्लामा संक्रमण बढ्दै गएकाले संक्रमितको उपचार र व्यवस्थापनका लागि पार्टी कार्यालय कोभिड अस्पताल बनाउन उपलब्ध गराइएको नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए । करीब साढे २ करोड रुपैयाँ लागतमा बनेको उक्त भवनमा १०० बेडसम्मको अस्पताल सञ्चालन गर्न सकिने बताइएको छ । आइतवार जिल्ला कार्यसमितिको बैठक बसेर नवनिर्मित भवन कोभिड अस्पताल सञ्चालनका लागि उपलब्ध गराउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई लिखित पसहित कोभिड अस्पताल बनाउन पार्टी कार्यालय दिने निर्णय भएको जानकारी दिए ।   कोभिड अस्पताल बनाउन आवश्यक पर्ने सामग्री, खाद्यान्न र आवास व्यवस्थापनका लागि समेत कांग्रेसले सहयोग गर्न सक्ने पत्रमा उल्लेख छ । अहिले देश अप्ठ्यारो मोडमा रहेको र जनतालाई सास्ती भइरहेका बेला पार्टी भवन अस्पताल बनाउन दिइएको जोशीले बताए । गतवर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड विशेष अस्पताल विस्थापित भएपछि कुश्मामा अस्पतालको अभाव भएको थियो । पर्वत अस्पतालमा अस्थायी अस्पताल बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले पार्टी कार्यालय कोभिड अस्पतालका रूपमा प्रयोग गर्न दिनु सकारात्मक निर्णय भएको बताइन् । आवश्यकतानुसार भवन प्रयोग गरिने उनको भनाइ छ । गतवर्ष गुप्तेश्वर क्याम्पसको भवनलाई अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो । २ साताअघिसम्म क्याम्पसमा नियमित अध्यापन भइरहेको र त्यहाँ रहेका अस्पतालका संरचना अन्यत्र हटाइएकाले क्याम्पस प्रशासनले अस्पतालको रूपमा प्रयोग गर्न तत्काल नमिल्ने बताएको छ ।

सम्बन्धित सामग्री

सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे ‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई स

कांग्रेस नेता कमल शाहले अस्थायी कोभिड अस्पतालका लागि आफ्नो निवास दिने

नेपाली कांग्रेस नेता, महासमिति सदस्य कमल बहादुर शाहले अस्थायी कोभिड अस्पताल ( आइसोलेसन) सञ्चालनका लागि  आफ्नो निवास दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लम्की स्थित टीकापुरमा रहेको आफ्नो निवास रामारोशन खाद्य भवन स्थायी कोभिड अस्पताल (आइसोलेसन) सञ्चालनका लागि  सम्बन्धित पक्षले चाहेको खण्डमा दिने घोषणा गरेका हुन् ।

कांग्रेस नेता कमल शाहले अस्थायी कोभिड अस्पतालका लागि आफ्नो निवास दिने

नेपाली कांग्रेस नेता, महासमिति सदस्य कमल बहादुर शाहले अस्थायी कोभिड अस्पताल ( आइसोलेसन) सञ्चालनका लागि  आफ्नो निवास दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लम्की स्थित टीकापुरमा रहेको आफ्नो निवास रामारोशन खाद्य भवन स्थायी कोभिड अस्पताल (आइसोलेसन) सञ्चालनका लागि  सम्बन्धित पक्षले चाहेको खण्डमा दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस डोटीले कोभिड अस्पताल स्थापनाका लागि पार्टी कार्यालय दिने

डोटी । नेपाली कांग्रेस डोटीले अस्थायी कोभिड -१९को अस्पताल सञ्चालनका लागि पार्टी कार्यालय दिने निर्णय गरेको छ । जिल्लामा दिन प्रतिदिन कोरोनाका बिरामीहरू बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको आवश्यकता  परेमा पार्टी कार्यालयको हल उपलब्ध गराउने निर्णय गरेको हो ।

पर्वतको कांग्रेस पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

काठमाडौं :  नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ। जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बिपी स्मृति भवनलाई कोभिड-१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो।नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताए। सुविधासम्पन्न यो भवनमा ५० शय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ । कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला […]

नुवाकोट कांग्रेसद्वारा पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन अनुमति

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमा कोभिड अस्पताल बनाउन अनुमति दिएको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित पार्टी कार्यालयमा १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको छ । नुवाकोटमा कोभिडका संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालका बेडहरू भरिदै गएको...

नारायणीलाई कोभिड अस्पताल बनाइएको भन्दै कांग्रेसको विरोध

पर्सा : नेपाली कांग्रेस पर्सा सडकमा उत्रिएको छ। वीरगन्ज क्षेत्रको नारायणी अस्पताल कोभिड अस्पतालमा परिणत भएपछि अन्य सेवाबाट सर्वसाधारण वञ्चित हुनुपरेको भन्दै कांग्रेसले विरोध जनाएको छ।  सबैखाले बिरामीलाई सबैजसो सेवा दिँदै आएको नारायणी अस्पताल कोभिड अस्पताल बनाएको र अन्य बिरामीको बिचल्ली भएको कांग्रेसले आरोप लगाउँ...