काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमा कोभिड अस्पताल बनाउन अनुमति दिएको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित पार्टी कार्यालयमा १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको छ ।
नुवाकोटमा कोभिडका संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालका बेडहरू भरिदै गएको...