काठमाडौं : सिनेमाको पर्दा एवं टेलिभिजनमा देखिने कलाकारलाई धेरैले पछ्याउने गर्छन्। पर्दामा देखेर मन परेको कलाकारलाई एकपटक साँच्चिकै भेट्न पाए भन्ने चाहना धेरैको हुन्छ। जसलाई हामी फ्यान भन्ने गर्छाैं। अहिले त अझ कलाकारहरूमै पनि कसका फ्यान कति? कसको सुटिङ सेटमा बढी भीड? सार्वजनिक ठाउँमा जाँदा कसलाई धेरै मान्छेले घेरे? भनेर पनि चासोका साथ हेरिन्छ। अन्य क्षेत्रका मानिसलाई पनि पछ्याउनेहरू हुन्छन् तर फिल्म धेरै मानिससम्म पुग्ने भएकाले कलाकारका फ्यान धेरै हुने गर्छन्। पर्दामा देखेको कोही