कोरोनाबाट सङ्क्रमित सेलिब्रेटी

काठमाडौँ । यतिबेला देशमा कोभिड–१९ को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ८ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका छन् । यो भेरियन्टबाट सेलिब्रेटी पनि अछुतो रहन सकेनन् । कोरोनाको यो दोस्रो लहरमा पनि करिब दर्जन हाराहारीमा कलाकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयले यसलाई पराजित गरिसकेका छन् भने केही अझै लडिरहेका छन् ।कोरोनाको दोस्रो भेरियन्टलबाट मात्र होइन यस अगाडिको लहरमा पनि थुप्रै कलाकार सिकार भएका थिए ।

सम्बन्धित सामग्री

‘मेरो घर फर्किने आशा मरेको थियो’

कोरोनाको दोस्रो भेरियन्टले यतिबेला देशमा आतङ्क मच्चाएको छ । भीआईपी, सेलिब्रेटी वा सर्वसाधारण नै किन नहुन्, कोरोनाबाट सबै प्रभावित छन् । पहिलो लहरको तुलनामा धेरै खतरनाक मानिएको संक्रमणको दोस्रो लहर नयाँ भेरियन्टका कारण घातक बनिरहेको छ भने प्राण गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।यो भेरियन्टबाट सङ्क्रमित केही मानिस होम आइस...