पर्यावरण जाेगाउन तीजको अवसरमा 'बनसँग सेलिब्रेटी' कार्यक्रम

रुकुम – रुकुम पूर्वमा बनसँग सेलिब्रेटी कार्यक्रम हुने भएको छ । डिभिजन बन कार्यालय रुकुम पूर्वले हरितालिका तीज पर्वको अवसर पारेर भदौ १४ गते बनसँग सेलिब्रेटी बन कार्यक्रम गर्न लागेको हो । डिभिजन बन कार्यालयका प्रमुख जितेन्द्रका खड्काका अनुसार तीज गीत मार्फत बन, वातावरण र बन्यजन्तु सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तीजकै दिन बनसँग सेलिब्रेटी कार्यक्रम राखिएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सचेतना फैलाउन उक्त कार्यक्रम गरिएको हो । चाडपर्वमा हुने सांस्कृतिक प्रस्तुतिलाई सन्देशमूलक बनाउ...