‘फेसियल हाउस’ मा किन पुगे सेलिब्रेटी  ?

पछिल्लो समय धेरै कार्यक्रममा सेलिब्रेटीको उपस्थिति देख्न सकिन्छ । सेलिब्रेटी सहभागी भएको कार्यक्रम मिडियामा समाचार बन्ने भएकोले पनि कार्यक्रम आयोजकको रोजाइमा सेलिब्रेटी पर्न थालेका हुन् ।सोही सिलसिलालामा शनिबार ‘फेसियल हाउस’ को १४ औं बार्षिक उत्सवमा पनि सेलिब्रेटीको लर्काे रहेको थियो । काठमाडौं मलकोे चौंथो तल्लामा अवस्थित ‘फेसियल हाउस’ कै कार्यकक्षमा आयोजित वार्षिकोत्सव अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेता दीकपाल कार्की र यशराज गराच समेत पुगेका थिए ।