काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ। सीआईबीका एसएसपी दिनेश आचार्यले तीन पूर्वभूमिसुधार मन्त्रीहरूलाई प्रतिवादी बनाउँदै अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए। सीआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाएको छ। […]