ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

काठमाडौंं, १२ असार।ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ। उनी धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा,डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली,हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो।

सम्बन्धित सामग्री

ललिता निवास प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा हिरासतमा रहेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पेश गरेको बन्दीप्रत्यक्षीकरण मुद्दाको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइको पेसी तोकिएको उक्त रिट हेर्न नमिल्नेमा परेको हो । आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित हदम्याद कटिसकेको मुद्दामा आफूहरूलाई पक्राउ गरिएको […]

भाटभटेनीका सञ्चालक मीनबहादुर सहित तीन जनाको निवेदन 'हेर्न नमिल्ने'

काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी चढे पनि हेर्न नमिल्ने सुचीमा राखिएको हो। अर्थात् आज यस निवेदनमा सुनुवाई हुनेछैन। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी…

ललिता निवास प्रकरणमा अदालतले थुन्न अनुमति दिएका ३ आरोपी सर्वोच्चमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ अन्य आरोपी सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले बुधबार उनिहरूलाई […]