काठमाडौं, (नेस) नेपालको सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको बाँके जिल्लामा पर्याप्त बजेट विनियोजन गर्नका लागि आदेश दिन माग गर्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) र मोहना अन्सारीद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा बाँके जिल्लामा पर्याप्त अक्सिजन र आईसीयूको व्यवस्था गर्नका लागि सरकारलाई आदेश दिन पनि भनिएको छ […]