‘क्लिक केमेस्ट्री’ मा योगदान गर्ने दुई अमेरिकी र डेनमार्कका एक वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं : संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन्। अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ।यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ। प

सम्बन्धित सामग्री

भारतद्वारा संयुक्त राष्ट्र संघलाई १० लाख अमेरिकी डलर सहयोग

काठमाडौँ– भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ। विश्व संगठनमा हिन्दी भाषाको प्रयोगलाई प्रवर्द्धन गर्न र समावेशी संवाद र समझदारीलाई बढावा दिन भारतले संयुक्त राष्ट्र संघलाई १० लाख  अमेरिकी डलर योगदान गरेको छ ।  संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागकी उपमहासचिव मेलिसा फ्लेमिङलाई १० लाख अमेरिकी डलरको […]

अमेरिकी अर्थतन्त्रको विकासमा नेपालीहरुको योगदान छ : डोनाल्ड लु

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो देशको अर्थतन्त्र विकासमा नेपाली समुदायले समेत योगदान पुर्‍याइरहेको भन्दै प्रशंसा गरेका छन् । आज शुक्रबार काठमाडौं आएका लुले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्दै यस्तो बताएका हुन् । अमेरिकी डायस्पोरामा नेपाली समुदायको उपस्थितिले दुई देशको सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाएको उनले जोड दिए । लुसँगको कुराकानी […]

जीडीपीमा पर्यटनको योगदान

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सन् २०२१ मा साह्रै न्यू्न रहेको देखिन्छ । ‘द ग्लोबल इकोनोमी डट कम’ले सन् २०२१ को अध्ययन प्रतिवेदनअनुसार सन् २०२० मा नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्रै रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानको आधारमा नेपाल अठासीऔं नम्बरमा रहेको देखिन्छ । ग्लोबल इकोनोमीको सन् २०२१ को प्रतिवेदन अनुसार अरुबा भन्ने सानो टापुका रूपमा रहेको देश कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशतसहित पहिलो नम्बरमा रहेको देखिन्छ । त्यस्तै सार्क क्षेत्रको माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी पर्यटन क्षेत्रको योगदान भएको देशमध्ये भूगोलका आधारमा धेरै सानो देश बहामास परेको छ । स्मरणीय छ, बहामासको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत रहेको छ । यो तथ्यांक नेपालका पर्यटन व्यवसायी, सरकार र सरोकारवालाहरूका लागि मननीय देखिन्छ । त्यसो त कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट ५ प्रतिशतभन्दा धेरै योगदान गरेका अन्य देशमा केप भर्डे, कतार, टोंगा, क्रोशिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडा, अल्बानिया, लेबनान, भानुअतु, युनाइटेड अरब इमिरेट्स (यूएई), लक्जेम्बर्ग र फिजी रहेका छन् । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ घटेर ४४ अमेरिकी डलर पुगेको थियो । यता हाम्रो देश नेपालमा चाहिँ वर्षैपिच्छे पर्यटन क्षेत्रले दिएको योगदानको यस्तो छुट्टै र भरपर्दो तथ्यांक भएको पाइँदैन । पछिल्लोपटक नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानको केकति रहेको छ ? त्यस सम्बन्धमा विस्तृतमा अध्ययन गरेर निकालिएको तथ्यांक आइसकेको छैन । विगत ११ वर्षमा पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदान हेर्दा कम्तीमा पनि १ दशमलव ५ प्रतिशतदेखि (आर्थिक वर्ष २०६२–०६३) र बढीमा ३ दशमलव ४ प्रतिशतसम्म (आर्थिक वर्ष २०६०–०६१) रहेको देखिन्छ । बीचका कुनैकुनै वर्ष १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७१–०७२ मा चाहिँ १ दशमलव ६ देखि १ दशमलव ७ पुग्ने अनुमान गरिएको थियो । साथै त्यसबीचका आर्थिक वर्षहरूमा जस्तै आर्थिक वर्ष २०५९–०६० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६६–०६७ मा कुल गार्हस्थ्य उत्पादनमा ४ दशमलव ४ प्रतिशत योगदान रहेको देखिन्छ । भनिन्छ, कुनै बेला नेपाली पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ११–१२ प्रतिशतसम्म योगदान दिएको थियो । पछिल्लो पटकको तथ्यांक हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान साँच्चै नगण्य नै देखिन्छ । अब लागौं, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधिबारे । गत ५ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि सन् २०१७ मा १२ दशमलव ६ दिन रहेको देखिन्छ । त्यसैगरी सन् २०१८ मा विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि १२ दशमलव ४ दिन रहेको थियो । सन् २०१९ मा औसत बसाइ १२ दशमलव ४ दिन नै रहेको देखिन्छ । त्यस्तै गरेर सन् २०२० मा पर्यटकको औसत नेपाल बसाइ अवधि बढेर प्रतिव्यक्ति प्रतिदिन १५ दशमलव १ दिन पुगेको थियो । सन् २०२१ मा चाहिँ अहिलेसम्मकै धेरै भएको तथ्यांक रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाइ अवधि १५ दशमलव ५ दिन रहेको छ । त्यस्तै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको पाँचवर्षे अवधिको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइको अनुपात हेर्दा सन् २०१७ मा विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए । सन् २०१८ मा त्यो अंक घटेर प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४४ अमेरिकी डलर रहेको थियो । त्यस्तै सन् २०१९ मा २ डलर बढेर ४८ डलर पुगेको थियो । सन् २०२० मा चाहिँ कल्पनै गर्न नसकिने गरी नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च बढेको थियो । उक्त वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसतमा ६५ अमेरिकी डलर खर्च गरेका थिए । स्मरणीय छ, यो नै हालसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले औसतमा धेरै खर्च गरेको तथ्यांक हो । उता सन् २०२१ मा फेरि ठूलो कमी आयो । अर्थात् १७ डलरका दरले दैनिक खर्च घट्यो । किनभने सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । समय क्रमअनुसार डलर सटही र महँगीलगायत कारणले गर्दा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा वर्षैपिच्छे बढ्दै जानुपर्ने हो । सरकारले पर्यटकको नेपाल बसाइको अवधि र खर्च बढाउने भन्ने नीति लिए पनि यसमा खासै सुधार आएको देखिँदैन । एक त गुणस्तरीय पर्यटकको आगमन उल्लेख्य बढिरहेको छैन भने अर्कातिर पर्यटकले खर्च गर्ने सेवा पनि नेपालमा पर्याप्त उपलब्ध छैन । त्यसैले गुणस्तरीय पर्यटक ल्याएर पर्यटकीय प्रडक्ट बढाउन सकियो भने नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिन्छ । नेपालमा पर्यटनको सम्भावना जति नै छ भने पनि त्यस अवसरलाई उपयोग गर्न नसक्ने हो भने यो अर्थहीन हुन सक्छ । अतः भौतिक पूर्वाधारको निर्माण बढाएर गुणस्तरीय पर्यटनमा लाग्नुपर्ने देखिन्छ ।   लेखक पर्यटन व्यवसायी हुन् ।

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनमा अमेरिकी राष्ट्रपतिद्वारा शोक प्रकट

वासिङ्टन, १७ पुस । अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको असामयिक निधन भएकामा शोक प्रकट गरेका छन्। पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो । पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गर्नुभएको योगदान र गिर्जाघरप्रतिको उनको समर्पणको अमेरिकी राष्ट्रपतिले प्रशंसा गरेका छन् । […]

अमेरिकी अर्थतन्त्रमा नेपालीको योगदान

सनफ्रान्सिस्को । ‘उद्दमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याए बापत’ दुई नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्श लीले एक समारोहका बीच सम्मानित गर्नुभएको छ । ओक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सभासद लीले सम्मानपत्र प्रदान गर्नुभएको हो । सो अवसरमा चार जना सम्मानित भएका मध्ये दुई नेपाली नागरिक हुन् […]

राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा

काठमाडौँ- भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न भारतले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि सुरु राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण […]

पोखराका बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित

पोखरा महानगरपालिका–२५ का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित हुनुभएको छ । अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याउनुभएबापत उहाँ उक्त अवार्डबाट सम्मानित हुनुभएको हो । अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पुर्याउनुभएको मानवीय सेवालाई देशले मूल्याङ्कन …