जीडीपीमा पर्यटनको योगदान

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सन् २०२१ मा साह्रै न्यू्न रहेको देखिन्छ । ‘द ग्लोबल इकोनोमी डट कम’ले सन् २०२१ को अध्ययन प्रतिवेदनअनुसार सन् २०२० मा नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्रै रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानको आधारमा नेपाल अठासीऔं नम्बरमा रहेको देखिन्छ । ग्लोबल इकोनोमीको सन् २०२१ को प्रतिवेदन अनुसार अरुबा भन्ने सानो टापुका रूपमा रहेको देश कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशतसहित पहिलो नम्बरमा रहेको देखिन्छ । त्यस्तै सार्क क्षेत्रको माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी पर्यटन क्षेत्रको योगदान भएको देशमध्ये भूगोलका आधारमा धेरै सानो देश बहामास परेको छ । स्मरणीय छ, बहामासको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत रहेको छ । यो तथ्यांक नेपालका पर्यटन व्यवसायी, सरकार र सरोकारवालाहरूका लागि मननीय देखिन्छ । त्यसो त कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट ५ प्रतिशतभन्दा धेरै योगदान गरेका अन्य देशमा केप भर्डे, कतार, टोंगा, क्रोशिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडा, अल्बानिया, लेबनान, भानुअतु, युनाइटेड अरब इमिरेट्स (यूएई), लक्जेम्बर्ग र फिजी रहेका छन् । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ घटेर ४४ अमेरिकी डलर पुगेको थियो । यता हाम्रो देश नेपालमा चाहिँ वर्षैपिच्छे पर्यटन क्षेत्रले दिएको योगदानको यस्तो छुट्टै र भरपर्दो तथ्यांक भएको पाइँदैन । पछिल्लोपटक नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानको केकति रहेको छ ? त्यस सम्बन्धमा विस्तृतमा अध्ययन गरेर निकालिएको तथ्यांक आइसकेको छैन । विगत ११ वर्षमा पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदान हेर्दा कम्तीमा पनि १ दशमलव ५ प्रतिशतदेखि (आर्थिक वर्ष २०६२–०६३) र बढीमा ३ दशमलव ४ प्रतिशतसम्म (आर्थिक वर्ष २०६०–०६१) रहेको देखिन्छ । बीचका कुनैकुनै वर्ष १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७१–०७२ मा चाहिँ १ दशमलव ६ देखि १ दशमलव ७ पुग्ने अनुमान गरिएको थियो । साथै त्यसबीचका आर्थिक वर्षहरूमा जस्तै आर्थिक वर्ष २०५९–०६० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६६–०६७ मा कुल गार्हस्थ्य उत्पादनमा ४ दशमलव ४ प्रतिशत योगदान रहेको देखिन्छ । भनिन्छ, कुनै बेला नेपाली पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ११–१२ प्रतिशतसम्म योगदान दिएको थियो । पछिल्लो पटकको तथ्यांक हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान साँच्चै नगण्य नै देखिन्छ । अब लागौं, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधिबारे । गत ५ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि सन् २०१७ मा १२ दशमलव ६ दिन रहेको देखिन्छ । त्यसैगरी सन् २०१८ मा विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि १२ दशमलव ४ दिन रहेको थियो । सन् २०१९ मा औसत बसाइ १२ दशमलव ४ दिन नै रहेको देखिन्छ । त्यस्तै गरेर सन् २०२० मा पर्यटकको औसत नेपाल बसाइ अवधि बढेर प्रतिव्यक्ति प्रतिदिन १५ दशमलव १ दिन पुगेको थियो । सन् २०२१ मा चाहिँ अहिलेसम्मकै धेरै भएको तथ्यांक रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाइ अवधि १५ दशमलव ५ दिन रहेको छ । त्यस्तै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको पाँचवर्षे अवधिको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइको अनुपात हेर्दा सन् २०१७ मा विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए । सन् २०१८ मा त्यो अंक घटेर प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४४ अमेरिकी डलर रहेको थियो । त्यस्तै सन् २०१९ मा २ डलर बढेर ४८ डलर पुगेको थियो । सन् २०२० मा चाहिँ कल्पनै गर्न नसकिने गरी नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च बढेको थियो । उक्त वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसतमा ६५ अमेरिकी डलर खर्च गरेका थिए । स्मरणीय छ, यो नै हालसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले औसतमा धेरै खर्च गरेको तथ्यांक हो । उता सन् २०२१ मा फेरि ठूलो कमी आयो । अर्थात् १७ डलरका दरले दैनिक खर्च घट्यो । किनभने सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । समय क्रमअनुसार डलर सटही र महँगीलगायत कारणले गर्दा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा वर्षैपिच्छे बढ्दै जानुपर्ने हो । सरकारले पर्यटकको नेपाल बसाइको अवधि र खर्च बढाउने भन्ने नीति लिए पनि यसमा खासै सुधार आएको देखिँदैन । एक त गुणस्तरीय पर्यटकको आगमन उल्लेख्य बढिरहेको छैन भने अर्कातिर पर्यटकले खर्च गर्ने सेवा पनि नेपालमा पर्याप्त उपलब्ध छैन । त्यसैले गुणस्तरीय पर्यटक ल्याएर पर्यटकीय प्रडक्ट बढाउन सकियो भने नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिन्छ । नेपालमा पर्यटनको सम्भावना जति नै छ भने पनि त्यस अवसरलाई उपयोग गर्न नसक्ने हो भने यो अर्थहीन हुन सक्छ । अतः भौतिक पूर्वाधारको निर्माण बढाएर गुणस्तरीय पर्यटनमा लाग्नुपर्ने देखिन्छ ।   लेखक पर्यटन व्यवसायी हुन् ।

सम्बन्धित सामग्री

घाम पर्यटनको सम्भावना: अफसिजनका लागि बन्न सक्छ विकल्प

नेपालमा घाम ताप्नुलाई दैनिक जीवनको अंग मानिन्छ । मानिसको शरीरलाई घाम आवश्यक पनि छ । तर, यही घाम ताप्न चाहने व्यक्तिहरूलाई सेवा दिने घाम पर्यटन अहिले चलनचल्तीमा आउन थालेको छ । समुद्रीकिनारमा बालुवामा पल्टँदै घामको सेवन गर्ने पर्यटन समुद्री मुलुकमा प्रचलनमा रहेको धेरै लामो समयदेखि नै हो । तर, अहिले हिमाली वा पर्वतीय क्षेत्रमा पनि घाम ताप्ने वा सेवन गर्ने पर्यटन बढ्न थालेको छ । गर्मी याममा तराई वा गर्मी प्रदेशका बासिन्दा पहाडी क्षेत्र अर्थात् हिलस्टेशनमा आउने पर्यटन पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो, नेपालका लागि । तर, अहिले यी हिलस्टेशन नै पनि घाम पर्यटनका लागि उपयुक्त थलो बन्न थालेको पाइन्छ ।  घाम पर्यटन भन्नेबित्तिकै सूर्य, बालुवा र समुद्र (सन, स्यान्ड र सी) भन्ने सामान्य बुझाइ छ । यो क्षेत्रले यूरोपेली पर्यटनमा ६० प्रतिशत अंश ओगटेको छ । अमेरिकामा ४३ प्रतिशत र चीनमा ६८ प्रतिशत रहेको छ । यसका लागि यूरोपेली पर्यटकमध्ये धेरैको रोजाइमा अहिले थाइल्यान्ड पर्न थालेको छ । तर, पहाडी भूभागमा जाडोका दिनमा न्यानो घाम ताप्न रुचाउने पर्यटन पनि शुरू भएको छ । खासगरी भारतमा अहिले हिमाचललगायत हिलस्टेशनमा यस्तो पर्यटन बढ्न थालेको छ ।  नेपाल पनि यस्तो पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । घामको किरणको बीचमा अग्ला चुचुरा अवलोकन गर्नुको छुट्टै आनन्द छ । त्यसैले घाम पर्यटन पर्यटन उद्योगमा लोकप्रिय प्रवृत्ति बन्दै गएको छ । सुन्दर परिदृश्य, प्रशस्त घामसहितको शान्त वातावरणमा रमाइलो गर्न राम्रो मौसम खोज्ने पर्यटकमाझ यो प्रचलन बढ्दो छ । र, नेपालमा यसको सम्भावना बढ्दो छ ।  घाम पर्यटनले हिमालका चुचुराहरूको अचम्मको सौन्दर्य पान गर्ने अवसर मात्र दिँदैन, घामको स्पर्श पाउने अचम्मको आनन्द पनि दिन सक्छ । घाम पर्यटनका कारण पर्यटक बढ्नुको फाइदा छ । नेपालको पर्यटनमा यसले विविधीकरण गर्न र अफसिजनमा पर्यटक बढाउन पनि मद्दत गर्छ । यसले स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउँछ । त्यसैले सूर्य पर्यटनको बढ्दो लोकप्रियतासँगै यसले पर्यटकीय सिजनलाई विस्तार गर्न मद्दत गर्छ, जसले स्थानीयहरूलाई मद्दत गर्छ । सूर्यको उत्साहजनक न्यानोसँग मिलेर प्राकृतिक दृश्यहरूको मिश्रण खोज्ने पहाड हेर्न चाहने पर्यटकबीच सूर्य पर्यटन बढ्दो रूपमा लोकप्रिय हुँदै गएको छ । यसले हिमाल प्रेमीहरूलाई बाहिरी गतिविधिहरूको आनन्द लिन मात्र नभई पहाडहरूको घामले चुम्बन गरेको आभासलाई अँगाल्न अनुमति दिन्छ । पर्याप्त घामको आरामदायी अँगालोमा बेरिएर तिनीहरू चुचुरा, शान्त उपत्यका र रमणीय वनहरूको प्राकृतिक सौन्दर्यमा रमाउन सक्छन् । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । घमाइलो मौसम भएका पहाडहरूमा पर्यटक ल्याएर घाम पर्यटन गराउन सकिन्छ । परम्परागत रूपमा स्कीइङ, स्नोबोर्डिङ र ट्रेकिङजस्ता गतिविधिसँग यसलाई जोड्न पनि सकिन्छ । यसले पर्यटन सिजन विस्तार गरेर, पहिले जाडो गतिविधिहरूमा धेरै निर्भर हुने व्यवसाय, आवास र सेवा प्रदायकहरूका लागि आम्दानी प्रदान गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।  घाम पर्यटनले प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणको ग्यारेन्टी गर्दै संरक्षण प्रयास, पर्यावरण–मैत्री पूर्वाधार र जिम्मेवार पर्यटन अभ्यासजस्ता दिगो अभ्यासहरूलाई बढावा दिन्छ । यसले पहाडी क्षेत्रहरूमा पूर्वाधार विकासलाई अगाडि बढाउँछ, जसले यातायात, पहुँच र सुविधाहरूमा सुधार गर्छ । यसले पर्यटकीय अनुभवमा वृद्धि मात्र गर्दैन, रोजगारीका अवसरहरू सृजना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ । पछिल्लो समय यस्ता पर्यटकको संख्या बढेको छ । आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने पर्यटकमध्ये केही प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पाइन्छ । समुद्रको किनारमा घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरू हामीले देख्ने गरेका छौं । विदेशीहरू घामलाई बढी नै मान्यता दिने भएकाले उनीहरू परिवारसहित घुम्न निस्कन्छन् । नेपालमा छत, आँगन, चउर आदिमा घाम ताप्न मजाले पाइन्छ । त्यसो हुँदा यस्तो पनि पर्यटन हुन सक्छ र भन्ने कुरा आउन सक्छ । तर, नेपालकै तराई क्षेत्रका बासिन्दा घामका लागि पहाड जानुपर्ने अवस्था विगत केही वर्षदेखि देखिँदै आएको छ । तराईमा हुस्सु र शीतलहर चल्न थालेपछि घाम ताप्नकै लागि नजिकको पहाडमा जाने प्रवृत्ति बढ्दो छ । यसलाई आन्तरिक पर्यटनका लागि अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।  हिउँदको घाम त्यसै पनि न्यानो र प्यारो हुन्छ । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठ्याङ्ग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भयो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । यस्तो बेला घाम बेचेरै व्यवसाय चलाउन सकिन्छ । भेडेटार तराईका लागि गर्मी छल्ने ठाउँमात्र होइन, पारिलो घाम ताप्नका लागि पनि उत्तिकै प्यारो बनेको देखिन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडामा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ । त्यतिमात्र होइन, कतिपय रिसोर्टहरू घमाइलो स्थानमा खोलिएका छन् जसको सम्बन्ध घाम पर्यटनसँग नै देखिन्छ । पहाडको थुम्काहरूमा रिसोर्ट खोल्नुको एउटा प्रयोजन घाम पर्यटन नै हो । तर, यसलाई सीधै घाम पर्यटन भन्ने गरिएको छैन । यही नामबाट पर्यटन प्रवर्द्धन गर्ने हो भने यसमा नयाँ प्याकेज बन्न सक्ने देखिन्छ ।  नेपाल बाह्रै महीना घुम्न मिल्ने गन्तव्य बनाउन सकिन्छ । नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिन्छ । यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्त्याउन सकिन्छ । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । जाडो याम नेपालका लागि पर्यटनको अफ सिजन हो । यस्तो अफ सिजनमा छूटका प्याकेज ल्याउन सकिन्छ । यसमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै निजीक्षेत्रले पनि यस्ता प्याकेज बनाएर प्रचार गर्नु जरुरी छ । अहिले पनि घाम पर्यटन नभएको होइन तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने भएको छैन । यस्तो नयाँ प्रडक्टप्रति धनाढ्य पर्यटक आकर्षित हुन सक्छन् । त्यसमा घाम ताप्नुमात्र नभई आयुर्वेदिक मसाज र उपचार आदि पनि जोड्न सके अझ बढी प्रभावकारी हुन्छ । घाममा बस्नु शरीरका लागि आरामदायी मात्र होइन, स्वास्थ्यलाभका लागि पनि जरुरी छ ।  हिलस्टेशनलाई गर्मी छल्ने ठाउँका रूपमा मात्र प्रचार गर्ने गरिएको छ । त्यसो हुँदा जाडोमा यिनले कम व्यवसाय पाउँछन् । घाम पर्यटनको प्रचार गर्ने हो भने यिनले जाडो महीनामा पनि राम्रो व्यवसाय गर्न सक्छन् । यही जाडो महीनामा इलाममा प्रशस्त भारतीय पर्यटक देखिए तर भेडेटारमा भने खासै चहलपहल देखिएन । कारण भेडेटारले घामको प्रचार गरेको छैन । त्यसैले भारत र अन्य मुुलुकमा समेत घाम पर्यटनको प्रचारप्रसार जरुरी देखिएको छ । अहिलेसम्म घाम ताप्न नेपाल उत्कृष्ट छ भन्ने सन्देश प्रवाह गरिएको छैन ।  पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महीना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो । बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समय नेपाल आएका छन् । यो समय घाम पर्यटनको हो । आएका पर्यटक घाम ताप्नकै लागि वा घमाइलो वातावरणमा विभिन्न पर्यटकीय गतिविधि गर्नकै लागि आएका हुन् वा होइनन् भन्ने तथ्यांक पाइँदैन । त्यसैले नेपालले घाम पर्यटनलाई ब्रान्डिङ गर्न ढिला भइसकेको छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

धार्मिक क्षेत्रले पर्यटनको मात्र नभई आर्थिक विकासमा योगदान दिन्छ

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संस्कृति ऐन बनाउने तयारी गरेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार पोखरामा आयोजना गरेको श्रीहेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण समारोहमा बोल्दै मन्त्री किराँतीले नेपालमा हालसम्म संस्कृति ऐन नभएकोले संस्कृति ऐन बनाउने तयारी गरेको बताएका हुन् । संसारमै रंगी विरङगी संस्कृति भएको मुलुक […]

कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान

सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान नगन्य थियो । ग्लोबल इकोनोमी डटकमले त्यस बेला प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान केवल ०.७१ प्रतिशत थियो । जबकि सन् २०२१ मा अरुबा भन्ने सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१.२६ प्रतिशत […]

सन् २०२३ मा नेपाली पर्यटन

नेपाली पर्यटनको उत्थान र प्रवद्र्धन गर्ने सुरुवातकर्ता विदेशी नागरिकहरू थिए । त्यसैले नेपाली पर्यटन प्रवद्र्धन गर्नमा विदेशी नागरिकको महत्वपूर्ण योगदान थियो भन्ने कुरा हामीले कदापि बिर्सनु हुँदैन । त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापनिज, स्वीस, रूसी, फ्रान्सिसी, इटालीयन आदि देशका नागरिकले नेपाली पर्यटन प्रवद्र्घन गर्न योगदान गरेका थिए । त्यसैले हामीले उनीहरूले गरेको त्यो […]

धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा राष्ट्रपतिको जोड

पर्वत। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन हुनसके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । बुधबार पर्वतको जलजला गाउँपालिका– २ पूर्ण गाउँमा निर्मित आदिबराह मन्दिरको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले व्यवस्थित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सकेमा पर्यटनको माध्यमबाट स्थानीय स्तरमा मात्रै नभइ समग्र मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको हो । पर्वत […]

यती एयरलाइन्सको सहकार्यमा आइएमई पे अफर

निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक तथा पर्यटकीय स्थान रहेका छन्। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमासमेत योगदान पुग्ने विश्वास लिइएको छ।...

नेपालमा व्यापार पर्यटनको सम्भावना

विश्व पर्यटन संगठनले व्याख्या गरेअनुसार आफ्नो वासस्थानबाट सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलाप, व्यापार/व्यवसाय निजी प्रयोजनका लागि गरिने अस्थायी स्थानान्तरण पर्यटन हो । त्यसैले व्यापार र व्यावसायका लागि गरिने यात्रा पनि पर्यटनको अभिन्न अङ्ग हो । ‘व्यापार पर्यटन’ परापूर्वकालदेखि नै प्रचलनमा रहेको पाइन्छ । पूर्वीय समाज र पश्चिमा राष्ट्रहरूलाई जोड्ने ‘रेशमी मार्ग’लाई व्यापार पर्यटनको शुरुआत विन्दुका लिइन्छ । व्यापार पर्यटनले अर्थतन्त्रमा योगदान दिन्छ । हाल आएर मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स, इभेन्ट्स (माइस) पर्यटनको अवधारणामा व्यापार पर्यटनलाई परिष्कृत गरिएको छ । सन् ८० को उत्तरार्ध र ९०को दशकदेखि व्यापार पर्यटनलाई माइसको विधाबाट अध्ययन–अनुसन्धान र सेवाप्रदायकहरू पश्चिमी यूरोप र उत्तर अमेरिकी राष्ट्रहरूबाट विस्तारित हुँदै बजारमा आउन थालेका हुन् । नेपालको पर्यटन सम्बद्ध नीति तथा कानूनमा भने व्यापार पर्यटनबारे कतै उल्लेख भएको पाइँदैन । तर, व्यापार पर्यटकलाई लक्षित गरी विभिन्न संरचनाहरूमा लगानी भने भइरहेको छ । साथै, कर्पोरेट हस्पिटालिटी, कन्फरेन्स अर्गनाइजर र मिडिया एन्ड पीआरजस्ता सेवाप्रदायक कम्पनीहरू कानूनी अस्पष्टताका बीच पनि चलिरहेका छन् । व्यापार पर्यटनको बजार तथा सम्भावना व्यापार पर्यटन औद्योगिक विकास भएका राष्ट्र तथा भौगोलिक र रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएका केन्द्रविन्दुहरूलाई मात्र लिएर लक्षित गरिने अन्तरराष्ट्रिय मान्यता रहँदै आएको छ । विश्वव्यापीकरणले नेपालजस्तो आर्थिक र औद्योगिक विकासले पछाडि परेका राष्ट्रमा समेत विस्तारै व्यापार पर्यटनको सम्भावना उजागर गरेको छ । नेपाली प्रवासीहरू (डासपोरा) र वैदेशिक लगानीमा नेपालको संघीय राजधानी र अन्य आर्थिक केन्द्रहरूमा व्यापार पर्यटनलक्षित परियोजनाहरूमा मोटो लगानी हुँदै आइरहेको पनि छ । नेपालमा व्यापार पर्यटन फस्टाउन निम्नअनुसारका सम्भावना छन् । दक्षिण एशियाली राष्ट्रमध्येका महानगर र राजधानीहरूमा काठमाडौं उपत्यका निक्कै सदावहार मौसम भएको गन्तव्य हो । अन्तरराष्ट्रिय/क्षेत्रीय स्तरका कार्यक्रहरू गर्नका निम्ति काठमाडौं र पोखराजस्ता पहाडी शहरहरू उपयुक्त मानिन्छन् । नेपाल सरकार विभिन्न अन्तरराष्ट्रिय/आर्थिक तथा क्षेत्रीय गुटको आबद्धताका कारण नेपाललाई माइस पर्यटन गर्न सकिने गन्तव्यका रूपमा बजारीकरण गर्न सकिन्छ । विगत केही वर्षयता बिम्स्टेक, इन्टरपोल र हालै विश्व स्वस्थ्य सगंठनको क्षेत्रीयस्तरका भेलाका निम्ति नेपाललाई नै चुनियो । यसले विश्व जगत्मा के सन्देश दिन्छ भने नेपाल व्यापार पर्यटनका लागि तयार भइसकेको छ । नेपाल भ्रमण गर्ने प्रतिनिधिहरूलाई नेपालको ‘खास’ पर्यटकीय गतिविधि भनिने पदयात्रामा आकर्षित गर्न र बजारीकरण गर्न सकेमा व्यापार पर्यटनको विस्तारित लाभ लिन सकिन्छ । नेपालभित्रकै व्यापारिक प्रतिष्ठानहरू यस प्रकारको विशिष्टीकृत पर्यटनको खास ग्राहक एवम् उपभोक्ता हुन् । तालीम/प्रशिक्षण, टिम आउटिङ, बैठक व्यवस्थापनजस्ता अनेक मानव व्यवस्थापन कार्यहरू व्यावसायिक ढंगबाट गनुपर्छ भन्ने सोच नेपालमा अझै आइनसकेको स्थिति छ । विकसित राष्ट्रहरूमा भने व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू कुनै पनि प्रतिष्ठानको मानव विकास संसाधन तथा प्रशासन हेर्ने शाखासँग नजिक भएर व्यावसायिक सेवा दिने गर्छन् । कर्मचारी प्रोत्साहनको योजना र खाका निर्माण गर्न यस्ता व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू नै संलग्न रहेका हुन्छन् । नेपालमा बीमा कम्पनीहरू तथा डिलरशिपहरूमा भने विक्रीका आधारमा प्रोत्साहन स्वरूप इन्सेन्टिभ भ्रमण कार्यक्रमहरूको अभ्यास भने भइरहेको छ । साथै, गैरसरकारी संस्थाहरूको विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा होटेलसँग सोझै खरीद गर्ने पनि पुरानो चलन रहँदै आएको छ । व्यापार पर्यटन सेवाप्रदायक कम्पनीले कर्पोरेट हस्पिटालिटीका नयाँनयाँ प्रयोगमार्फत आफ्नो सेवा दिलाउने यथेष्ट सम्भावना रहेको छ । अहिले देशैभरि राजनीतिक दलहरूको महाअधिवेशनको चटारो छ । यस परिस्थितिमा व्यापार पर्यटनको दायरा पनि धेरै रहन्छ । बेलायतमा सन् ८० को दशकमा भएको एक सर्वेक्षणले कुनै एक स्थान या शहरमा गरिने ठूला स्तरका राजनीतिक कार्यक्रमहरूले त्यस ठाउँको अर्थतन्त्रमा अतिरिक्त २५ मिलियन पाउन्ड भित्रिएको देखाएको थियो । नेपालमा यस प्रकारको कुनै मापन नभए तापनि, निर्वाचन आयोगबाटै राजनीतिक कार्यक्रमहरू : विशेषगरी निर्वाचन प्रचार खर्चका निम्ति सिलिङ नै तोकिएको विषय त जगजाहेर नै छ । यसैबाट बुझ्न सकिन्छ कि नेपालमा राजनीतिक संगठनहरू नै व्यापार पर्यटनको प्रमुख बजार बन्न सक्ने आधार रहेको छ । राजनीतिक पार्टीको मूल संगठनबाहेक विभिन्न किसिमका जनवर्गीय संगठनहरूको समयसमयमा सभा, समेलन, भेला, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम, चियापान, सम्पर्क–समारोह, गोष्ठीजस्ता विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेको हुन्छ । यी सबै व्यापार पर्यटनका सम्भावना हुन् । मित्रराष्ट्र भारतको कुनै पनि राजनीतिक पार्टीको आमसभालाई व्यवस्थापन गर्न इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू नै तोकिएका हुन्छन् । नेपालमा पनि यस प्रकारको अभ्यास गर्न सके व्यापार पर्यटनको बजार अन्य क्षेत्रमा समेत बढेर जानेछ । कुनै ठाउँ विशेषमा हुने ठूला स्तरका राजनीतिक कार्यक्रमले त्यस ठाउँमा हुने अन्य लोकप्रिय पर्यटन समेत फस्टाउने गर्छ । जस्तै चितवनमा कुनै राजनीतिक कार्यक्रम गरेमा स्वतः जंगल सफारीको व्यवसाय बढ्ने गर्छ । व्यापार पर्यटनका खास हितग्राही भने होटेल, स्थान प्रदान गर्ने संस्था र यातायात कम्पनीहरू हुनेगर्छ । यस किसिमको पर्यटन सेवाको परिपूर्ति गर्न चाहिने श्रमशक्ति र अन्य लोजिस्टिकहरू भने स्थानिय तवरबाटै उब्जेको हुन्छ । विलासिताको पर्यायवाचीका रूपमा पनि व्यापार पर्यटनलाई हेर्ने गरिएको पाइन्छ । व्यापार पर्यटक सौखिन हुने कारणले आम पर्यटकभन्दा २ दशमलव ५ गुणा बढी खर्च गर्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । व्यवसायमा आयोजक, प्रतिनिधि, अन्तिम ग्राहक, उपभोक्ता विभिन्न पात्र रहन सक्छन् । यसरी, व्यावसायिक रूपमा नेपालमा पर्यटनको यस विधालाई अगाडि बढाउन सर्वप्रथम नीतिगत स्पष्टता आवश्यक छ । विश्वकै व्यापारिक केन्द्र मानिने हङकङ, सिगांपुर, दुबईजस्ता राष्ट्रहरूले ९० को दशकदेखि नै यस विधामा बजारीकरण गरेको पाइन्छ । नेपालमा बढ्दो व्यापारिक गतिविधि र व्यापार पर्यटनलक्षित होटल पूर्वाधारहरूमा भइरहेको लगानीलाई सम्बोधन गर्न विनाविलम्ब यस प्रकारको विशिष्टीकृत पर्यटनको नीतिगत तथा कार्यगत मन्थनको जरुरी भइसकेको छ । लेखक नेपाल पर्यटन बोर्डका अधिकृत हुन् ।

पर्यटन विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण : कानूनमन्त्री थापा

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार सराङकोटको पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यू टावरको अवलोकनका क्रममा मन्त्री थापाले पोखरामा प्याराग्लाइडिङको उडान क्षेत्रका रुपमा परिचित सराङकोटमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रले महत्वपूर्ण योगदान गरेको बताएका हुन् ।उनले पर्यटनको विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । ‘पोखराको ले