पोखरा महानगरपालिका–२५ का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित हुनुभएको छ । अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याउनुभएबापत उहाँ उक्त अवार्डबाट सम्मानित हुनुभएको हो । अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पुर्याउनुभएको मानवीय सेवालाई देशले मूल्याङ्कन …